एजेन्सी
मंगलबार, बैशाख ३, २०७६
591

१९ वर्ष अगाडि भारतीय बजारमा प्रवेश गरेको सर्वाधिक रोजाईको फेमिली कार मारुती अल्टोको उत्पादन बन्द भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसको उत्पादन बन्द गरिसकेको छ ।
यसको प्रमुख कारण भारतमा नयाँ सुरक्षा तथा प्रदूषण मापदण्ड लागू हुनुलाई मानिएको छ । रिपोर्टका अनुसार कम्पनीले छिट्टै नयाँ मोडल सार्वजनिक गर्दैछ । जसमा अल्टोको तुलनामा शक्तिशाली इन्जिन हुनुका साथै पछिल्लो समयका विशेषता पनि हुनेछन् ।

सन् १९५४ मा युरोपेली बजारमा अभूतपूर्व सफलतापछि मारुती सुजुकीले २००० को सेप्टेम्बरमा भारतमा यो सवारी लन्च गरेको थियो । यसपछि यो कार भारतीयको रोजाईमा पनि पर्न सफल भएको छ । २००६ सम्म आइपुग्दा मारुती अल्टो भारतमा सर्वाधिक बिक्री हुने कार भएको थियो ।
लामो समयसम्म बिक्री सूचीमा उचाइमा रहन सफल मारुतीको यो कार २००८ को फेब्रअरी अर्थात् ८ वर्षभित्रै १० लाख बिक्री भएको थियो । १२ वर्षसम्म मारुती अल्टो भारतको सर्वाधिक बिक्रीको कार बनेको थियो । यसलाई गत वर्ष स्वीफ्ट डिजायरले पछाडि पारेको थियो ।
१० वर्षमा १५ लाख थान बिक्री भएका आधारमा यसको लोकप्रियताको अनुमान गर्न सकिन्छ । यसको ८ वर्षपछि यो कार ३५ लाख थान बिक्री भएको थियो । नयाँ सुरक्षा तथा प्रदूषण मापदण्डका कारण आफ्नो पुरानो मोडलमा नयाँ नियम अनुसार परिवर्तन गर्नु मारुतीका लागि अत्यन्त चुनौतीपूर्ण बनेको छ । यसलाई मध्य नजर गर्दै मारुतीले आफ्नो पुरानो मोडलको उत्पादन बन्द गर्ने निर्णय गरेको हो । यसमा अल्टो पनि समावेश छ ।
मारुती अल्टो–८०० ले २०१२ को अक्टोबरमा भारतीय बजारमा आफुलाई प्रवेश गराएको थियो । यसपछि २०१४ को नोभेम्बरमा के–१० को मोडललाई नयाँ परिवर्तनका साथ बजारमा ल्याईयो ।
लगभग ३५ वर्षपछि मारुतीले आफ्नो सबै ८०० सीसीका कारको बन्द गर्ने पैmसला लिएको छ । केही समय अगाडि मारुतीले आफ्नो यूटिलिटी भ्यान ओम्नीको उत्पादन बन्द गरेको थियो । यसपछि अल्टो–८०० लाई बिदाई गरेको छ । मिडिया रिपोर्टका अनुसार मारुतीले छिट्टै आफ्नो अर्को पुस्ताको अल्टोलाई भारतमा लन्च गर्नेछ ।