एजेन्सी
मंगलबार, चैत्र १२, २०७५
1177

वासिङटन-बोइङको ७३ म्याक्स–८ विमान पाँच महिना भन्दा पनि कमको अवधिमा दुई पटक दुर्घटना भएको छ । गत वर्षको अक्टोबरमा लायन एयरको बोइङ विमान दुर्घटना भएको थियो । यसपछि यसै वर्षको मार्चमा इथियोपयन एयरलायन्सको बोइङ विमान दुर्घटना भएको छ । दुवै दुर्घटनामा कुल गरेर ३४६ को ज्यान गएको छ ।
यी दुवै दुर्घटनामा समानता देखिएको छ । दुवै विमान उडान भरेको केही मिनेटको अवधिमै दुर्घटना भएका थिए । रिपोर्टका अनुसार दुवै घटनामा उडान भरेपछि पाइलटले एयरपोर्टमा फर्कने आग्रह गरेका थिए । पाइलटले विमानको नियन्त्रणको विषयलाई लिएर समस्या आएको बताएका थिए । दुवै घटनाको जाँच चलिरहेको छ । यी समानताले एयरलायन्स तथा नियामक निकायलाई सतर्क गरिदिएको छ ।

अब बोइङको यी विमानलाई लिएर एक ठूलो खुलासा भएको छ । न्यूयोर्क टाइम्सका अनुसार दुई विमान निर्माता कम्पनी बोइङ र एयरबसबीच कडा प्रतिस्पर्धा चलिरहेको थियो । बोइङ–७३७ म्याक्सको विकास प्रतिस्पर्धाको दबाबका कारण हतारमा गरिएको थयो ।
अखबारका अनुसार २०११ मा बाइङकै ठूलो ग्राहक अमेरिकन एयरलायन्सले उसको प्रतिद्वन्द्वी एयरबसको सयौ नयाँ इन्धन सक्षम विमानको अर्डर दिने तयारी गरेको थियो । यसबाट बोइङलाई ठूलै झट्का लागेको थियो ।
अमेरिकन एयरलायन्सका प्रमुख कार्यकारी गेरार्ड आर्पेेले बोइङका वरिष्ठ अधिकारी डब्लू जेम्स म्याकनेर्नेसँग भनेका थिए,“बोइङ कारोबार गर्न चाहन्छ भने उसले आक्रामक रुपमा अगाडि बढ्नु आवश्यक छ ।”तर पछि गएर बोइङले अमेरिकन एयरलायन्साई मनाउन सफल भएको थियो । नयाँ यात्रु विमान बनाउने विकसित गर्ने विचार पनि त्यागियो । जसको विकास हुनका लागि १ दसकको समय लाग्ने देखिएको थियो । यसका अतिरिक्त एयरलायन्सले बोइङको ७३७ म्याक्सलाई अपडेट गर्नका लागि भन्यो । यसको करिब ६ महिनापछि ७३७ म्याक्स विमान अस्तित्वमा आयो ।
इथियोपिया दुर्घटनापछि विश्वभरीका मुलुकले बोइङको सेवामाथि रोक लगाए । यसले बोइङलाई ठूलै झट्का लाग्यो । सुरुमा अमेरिकन एयरलायन्सले यसको समर्थन गरेको थियो । तर, पछि यो विमान सेवा कम्पनीले पनि बोइङका विमान ग्राउन्डेड ग-यो । यसले कम्पनीको प्रतिष्ठा तथा मुनाफा दुवै खतरामा प-यो । हाल जाँचकर्ताले यसको खोजविन गरिरहेका छन् कि म्याक्स विमानकमो डिजाइनिङ, विकास तथा सर्टिफिकेसनको हतारनै दुर्घटनको कारण बनेकोत होइन ।
न्यूयोर्क टाइम्सको समाचार अनुसार बोइङको विद्यमान तथा पूर्व कर्मचारिले पहिचान नबताउने सर्तमा ७३७ म्याक्स–८ को निर्माण गर्ने काम अत्यन्त उन्मादि ढंगमा गरिएको बताएका छन् ।
एफएएका प्रविधि विशेषज्ञले अखबारलाई बताए,“७३७ म्याक्सलाई एजेन्सीले प्रमाणिकरणका लागि प्रबन्धकले प्रक्रियालई तीव्र बनाउनका लागि भनेका थिए । यस पछाडिको कारण भनेको म्याक्स विमानको विकास उसको प्रतिद्वन्द्वी विमान एयरबसको ए–३२० निओ भन्दा ९ महिना पछाडि थियो ।”