एजेन्सी
बिहिवार, चैत्र ७, २०७५
1178

शिकागो-बोइङका ५५ वर्षिय सीईओ डेनिस मुलेनबर्गले गत वर्ष तलब तथा अन्य सुविधा गरेर ३ करोड डलर अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए । गत वर्ष उनले हात पारेको यो रकम अघिल्लो वर्षको तुलनामा ६० लाख डलर बढी हो । २०१८ मा पहिलो पटक बोइङको आम्दानी १०१ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुगको थियो । यसबाट मुलेनबर्गले पनि फाइदा लिएका थिए । तर इथियोपियन विमान दुर्घटना भएपछि मुलेनबर्गले आफ्नो ३४ वर्षको करियरमा सर्वाधिक नराम्रो अवस्थाबाट गुज्रन परेको छ ।
गत साता बोइङको सेयरमा गिरावट आएर कम्पनीको बजार पुँजीकरणमा पनि ठूलै गिरावट आएको थियो । २ दिनको अवधिमा सेयरमा १३ प्रतिशतको गिरावट आएको थियो । यद्यपि पछिल्ला केही दिनमा भने झिनो अन्तरको सुधार आएको छ । तर पनि बोइङको कठिनाई अझै कम भएको छैन । स्वयं अमेरिका सहित विश्वका ५७ मुलुकले बोइङ ७३७ म्याक्स–८ मा प्रतिबन्ध लगाएका छन् । यो विमान उक्त विमान कम्पनीको आम्दानीको प्रमुख स्रोत रहदै आएको छ ।

१६ लाख भन्दा बढी कर्मचारी भएको बोइङले ७३७ म्याक्स–८ को आपूर्ति पनि रोकि दिएको छ । विश्लेषकका अनुसार २ महिना आपूर्ति रोकिनाले कम्पनीलाई ५.१ अर्ब डलरको नोक्सानी हुन सक्छ ।
अमेरिकाको तर्फबाट बोइङ विमानमा रोक लगाउनु पूर्व मुलेनबर्गले कम्पनीको एयरक्राफ्ट सुरक्षित भएको बताएका थिए । अमेरिकाले उनको यो स्पष्टिकरण टेरेन र फेडरल एभिएसनले बोइङको ७३७ म्याक्स–८ विमानमाथि रोक लगायो । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले जनाताको सुरक्षा आफ्ना लागि महत्वपूर्ण विषय भएको बताएका छन् ।
यद्यपि विद्यमान संकटबाट कम्पनीको वित्तीय स्थितिमा लामो अवधिका लागि असर नपर्ने विश्लेषकहरुले बताएका छन् । अक्टोबरमा भएको दुर्घटना बावजुद गत वर्ष कम्पनीले १० अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।