एजेन्सी
बिहिवार, फाल्गुन ३०, २०७५
1756

वासिङटन-इथियोपियन एयरलायन्स फ्लाइट ईटी–३०२ को दुर्घटनाले विमान उद्योगहरुमा खतराको घन्टी बजाएको छ । उक्त दुर्घटनामा १५७ यात्रु र विमानमा रहेका सबै चालक दलका सदस्यको निधन भएको थियाृे । नयाँ बोइङ–७३७ म्याक्स विमान दुर्घटना भएको यो ४ महिनाको अवधिमा दोस्रो हो ।
चीन, बेलायत, अस्ट्रेलिया, सिंगापुर, इन्डोनेसिया र इथियोपियाका नियामक निकायले ७३७ म्याक्सलाई आफ्नो क्षेत्राधिकारभित्र उडाउन प्रतिबन्ध लगाएका छन् ।

नर्वेजियन एयर, एरो मेक्सिको, जेट एयरवेज र गोले आफूसँग रहेका सबै म्याक्स विमानलाई ग्राउन्डेड गरेका छन् ।
यो सबै समयको सर्वाधिक बिक्रीको व्यापारिक प्रयोजनको विमानका लागि दुखद घटना हो ।१९६० को दसकदेखि अमेरिकी उद्योग बोइङले १५ हजार सिंगल एसले जेट बिक्री गरिसकेको छ ।
बोइङका विमानहरुमा यो पछिल्लो भर्सनको ७३७ म्याक्स तीव्र बिक्रीको विमान हो । यो विमानका लागि विश्वभरीका एयरलायन्सहरुबाट ५ हजार अर्डर आइसकेको छ ।यो विमान २०१७ मा सेवामा प्रवेश गरेको थियो । बोइङको व्यापारिक प्रयोजनको विमानका लागि ४ खर्ब डलर भन्दा बढीका ५ हजार ८७० अर्डर आइसकेको छ ।
हालसम्मको अवस्थामा समग्र अर्डरको ८० प्रतिशत अर्थात ४ हजार ६९९ विमान ७३७ रहेका छन् ।७३७ म्याक्स हाल अघिल्ला पुस्ताका ७३७ एनजी बोइङ ६००, ७००, ८०० र ९०० का साथसाथै निर्माण भइरहेका छन् ।२०१८ को अन्त्यसम्ममा बोइङले ७३७ विमानको निर्माण संख्यालाई बढाएर महिनाको ५२ विमान पु-याएको थियो । हाल फर्मले मासिक ५७ विमान उत्पादन गर्ने योजना बनाएको छ ।गत वर्ष बोइङले आफ्ना ग्राहकलाई २५६ म्याक्स विमान आपूर्ति गरेको थियो । यो ७३७ को समग्र आपूर्तिको झन्डै आधा हो ।