एजेन्सी
मंगलबार, फाल्गुन २८, २०७५
2012

मस्को-पत्रकार र ‘कोलुसनःसेक्रेट मिटिङ, डर्टी मनी, एन्ड हाउ रसिया हेल्प्ड डोनाल्ड ट्रम्प विन’ का लेखक ल्यूक हार्डिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः विश्वकै धनी व्यक्ति भएको बताएका छन् ।
“रुसमा पुटिन र पैसा प्रतिबन्धित विषय हुन् । मैले राष्ट्रपतिय प्रशासनभित्रका स्रोतमा आधारित भएर २००७ मा समाचार लेखेको थियो । उनीहरुले उक्त समयम गुपचुप रुपमा पुटिनसँग ४० अर्ब डलरको सम्पत्ति भएको बताएका थिए । उक्त समय भनेको १ दसक अगाडिको हो,” उनले भने ।

रुस विश्वकै ठूलो तेल उत्पादक मुलुक हो र रुसी राज्यको उच्च तहका मानिसहरु धेरैजसो बहुअर्बपति रहेका छन् । पुटिनको आधिकारिक तलब वार्षिक १ लाख डलर भएपनि उनी यो पिरामिडको उच्च तहमा रहेका छन् ।
रुसी तेल कम्पनी सर्गुट्नेफ्टेगाजमा ३७ प्रतिशत र प्राकृतिक ग्यास कम्पनी गाजप्रोममा ४.५ प्रतिशत पुटिनको नियन्त्रण भएको अनुमान लगाइएको छ ।
बस्तु कारोबारी गुनभोरमा पनि उनको स्वामित्व रहेको हुन सक्ने बताइएको छ । २०१२ मा उनको अनुमानित ७० अर्ब डलरको सम्पत्ति रहेको थियो ।
हाल रुसी कुलिनमा जो कोहीले पनि पुटिन लामो समयदेखि धनी मानिस भएको बताउदै आएको ल्यूक हार्डिङले बताए । तर औपचारिक रुपमा उनको कुनै सम्पत्ति रहेको छैन र उनले राखेको सबै चिज फर्जी हो । उनीहरु मध्येका केही हाल अमेरिकी प्रतिबन्धमा परेका छन् ।
पुटिनले आफ्नो सम्पत्तिलाई तरलताको रुपमा प्रयोग गर्दै आएका छन् । अन्ततः उनले यो सम्पत्ति आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गर्छन् ।