एजेन्सी
मंगलबार, फाल्गुन ७, २०७५
1955

बेइजिङ-देशको खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि चीनले ५ करोड ३३ लाख हेक्टर जमिनमा जोडिएको कृषि भूमि बनाउने कृषि मन्त्रालयले जनाएको छ । यो वर्ष मात्रै ५० लाख भन्दा बढी कृषि भूमि विकास गरिनेछ ।
१.४ अर्ब मानिसको भोजनका लागि यो मुलुकले २०११ देखि खडेरी र बाढी प्रतिरोधी कृषि भूमीको निर्माण गरिरहेको छ । २०१८ को अन्त्यसम्ममा चीनले ४ करोड २६ लाख हेक्टर यस किसिमको भूमि तयार पारिसकेको छ ।

यो मुलुकले २०२० सम्ममा ५ करोड ३३ लाख हेक्टरको उच्च गुणस्तरको कृषि भूमि निर्माण गर्ने र २०२२ सम्ममा यसलाई बढाएर ६ करोड पु-याउने जनाएको छ । यो स्पेनको पुरै क्षेत्रफल भन्दा पनि ठूलो हो ।
“उच्च कृषि संयन्त्रको तह र सुधारिएको विविध किसिमका बालीका साथ उच्च उत्पादनको क्षेत्रको निर्माणले चीनलाई विश्वव्यापी अन्न बजारमा फाइदाको अवस्थामा पु¥याउने छ,” चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसका विद्वान झाङ सियासानले बताए ।
चीनको ४० प्रतिशत भन्दा बढी कृषि योग्य जमिनको उर्वरा शक्तिमा कमी आईरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल चीनको कृषि योग्य भूमिको दुई तिहाई भाग मध्यम र कम प्रतिफलको क्षेत्र रहदै आएका छन् । कृषि योग्य भूमिको आधा भागमा सिँचाईको सुविधा छैन ।
२०१३ देख यो मुलुकले १ वर्षमा ५५ अर्ब टनको कृत्रिम वर्षा सिर्जना गर्दै आएको छ । तिब्बती पठारमा थप वर्षा गराउनका लागि यो मुलुकले इतिहासकै ठूलो कृत्रिम वर्षाको प्रयास गरेको छ । यो आयोजनामा क्षेत्रमा वर्षमा १० अर्ब घन मिटर वर्षा गराउनका लागि दसौ हजार इन्धन बाल्ने चेम्बर जडान गरिएको विषय पनि समावेश छ ।
यो योजना तियान्हे तथा ‘आकासे नदी’ (स्काई रिभर) भनिने परियोजनाको विस्तारित रुप हो । अनुसन्धानकर्ताहरुले चीनको सिङहुवा विश्वविद्यालयमा यसको विकास गरेका थिए । आयोजनाले १.६ वर्ग किलोमिटरको क्षेत्रमा थप वर्षाका लागि दबाब दिने छ । जुन स्पेनको पुरै क्षेत्रफलको ३ गुणा बढी हो ।