एजेन्सी
आइतवार, फाल्गुन ५, २०७५
1163

नयाँ दिल्ली-पुलवामा हमलापछि समग्र कुटनीतिक क्षेत्रमा पाकिस्तानलाई घेर्ने रणनीतिका साथसाथै भारतले आर्थिक घेराबन्दी पनि सुरु गरेको छ । शुक्रबार यो छिमेकी मुलुकलाई अति सौविध्य प्राप्त मुलुक (एमएफएन) को दर्जा समाप्त गरेपछि शनिबार करिब साढे ५४ अर्ब रुपैयाँको सामाग्रीमा २०० प्रतिशतको शुल्क लगाएको छ । वित्त मन्त्री अरुण जेट्लीले तत्काल कार्यान्वयनमा आउने गरी यो घोषणा गरेका हुन् । वित्त मन्त्रीले आफ्नो ट्वीटमा भनेका छन्,“पुलवाला हमलापछि भारतले पाकिस्तानबाट एमएफएनको दर्जा फिर्ता लिएको छ ।”
यसका साथसाथै पाकिस्तानबाट भारत निर्यात हुने सबै उत्पादजमा बेसिक कस्टम ड्यूटीमा तत्काल कार्यान्वयनमा आउने गरी २०० प्रतिशतको वृद्धि गरेको छ । सुत्रका अनुसार भारतले कैयौ उत्पादनको व्यापारमा पुरै किसिमबाट प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । भारतले शुक्रबार विश्व व्यापार संगठनको सुरक्षा अपवाद नियमका अनुसार पाकिस्तानको एमएफएनको दर्जा समाप्त गरेको हो । भारतले १९९६ मा पाकिस्तानलाई यो दर्जा दिएर बेसिक कस्टम ड्यूटीमा हालसम्म ठूलो अनुपातमा छुट दिँदै आएको थियो ।

आर्थिक वर्ष २०१७–१८ मा पाकिस्तानले भारतमा करिब ५५ अर्ब रुपैयाँको निर्यात गरेको थियो । सर्वाधिक आयात गरिने फलपूmलमा हालसम्म ३० देखि ५० प्रतिशत र सिमेन्टमा ७.५ प्रतिशतको शुल्क लाग्दै आएको थियो ।
२०० प्रतिशत शुल्क वृद्धिपछि यी बस्तुको मूल्य भारतीय फलपूmल र सिमेन्टको तुलनामा महँगो हुन पुग्ने छ ।
विश्व बैंकले यी दुई मुलुकबीचको व्यापार ३७ अर्ब डलर पुग्ने क्षमता रहेको जनाएको थियो । आर्थिक वर्ष २०१७–१८ मा यी दुई मुलुकबीच २.४१ अर्ब डलरको व्यापार भएको थियो ।