एजेन्सी
मंगलबार, माघ २९, २०७५
764

वासिङटन-सरकारी कामकाज पुनः ठप्प हुन नदिन र अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने विषयलाई लिएर अमेरिकी सांसदबीच सम्झौता भएको छ ।
सोमबार राती भएको यो सम्झौता अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पर्खाल बनाउनका लागि १.४ अर्ब डलरको स्वीकृति दिइएको छ ।

संसदीय सहयोगीका अनुसार ट्रम्पको रिपब्लिकन पार्टि कुनै पनि अवस्थामा फेरी सरकारी कामकाज ठप्प पार्ने पक्षमा रहेको छैन ।
यो अवस्थामा उनलाई पर्खाल बनाउनकाा लागि उपलव्ध हुने रकममा सम्झौता गर्न परेको छ ।
ट्रम्पले यसका लागि ५.७ अर्ब डलरको माग गरेका थिए । तर उनलाई १.४ अर्ब डलरको राशी मात्रै प्राप्त भएको छ ।
यो रकमबाट केबल ५५ माइल लामो बारमात्रै लगाउन सकिन्छ । यो स्टिलको बार हुनेछ । जबकि ट्रम्पले कंक्रिटको पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ह्वाइट हाउसले डिसेम्बरमा २१५ माइल लामो पर्खाल बनाउने बताएका थिए ।
सोमबार भएको सम्झौताबाट उपलव्ध हुने रकमबाट टेक्सासको रियो ग्रान्ड भ्यालीमा पर्खाल निर्माण गरिने भएको छ ।
सिनेटको एक समितिका अध्यक्ष रिचार्ड शेल्बीले भनेका छन्,“हामीबीच सैद्धान्तिक सहमती बनेको छ ।”
सदनका विनियोग समितीका अध्यक्ष नीति लोभीने भनेकि छन्,“हाम्रा कर्मचारी यसको विषयमा काम गरिरहेका छन् ।”
यो सम्झौता यो साता पुनः सरकारी कामकाज ठप्प हुने जोखिमकाबीच भएको हो ।