एजेन्सी
सोमवार, माघ २८, २०७५
517

हङकङ-विश्वकै ठूलो अटो बजारमा विश्वका ठूला अटो निर्माताहरु समस्यामा परे पनि टोयोटा भने अगाडि बढ्दै गरेको छ ।
विगत २ दसकको अवधिमा गत वर्ष पहिलो पटक चीनमा कार बिक्री ओरालो लागेको थियो । जीएमको बिक्री १० प्रतिशत, फोर्डको ३७ प्रतिशत, फक्सवागनको पनि ओरालो लागेको अवस्थामा टोयोटाको बिक्री भने १४ प्रतिशतले वृद्धि भएर १५ लाख पुगेको छ ।

अमेरिकामा भूमिका ओरालो लागेको अवस्थामा चिनियाँ बजारमा बलियो भएपछि जापानी कम्पनीलाई केही राहत मिलेको छ । अमेरिकामा टोयोटाको बिक्री ओरालो लागेको छ । यद्यपि टोयोटाले यो वर्ष चिनियाँ बजारमा बिक्री थप वृद्धि हुने अपेक्षा गरेको छ ।
अटो उद्योगका लागि चिनियाँ बजार महत्वपूर्ण रहदै आएको छ । विश्वव्यापी ब्रान्डहरु आफ्नो बिक्रीका लागि करोडौको संख्याम रहेका चिनियाँ उपभोक्तामा निर्भर रहदै आएका छन् । चिनियाँ उपभोक्ताहरुले आफ्नो बढ्दो समृद्धि नयाँ कार किन्न र पुरानालाई अद्यावधिक गर्नका लागि प्रयोग गर्दै आएका छन् । तर हटाइएको सहुलियत, सुस्त आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले गत वर्ष चिनियाँहरुको कारको माग ओरालो लागेको थियो ।
यद्यपि विभिन्न कारणहरुले टोयोटाले भने बजार आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषकहरुले बताएका छन् । यसमा कम्पनीको चिनियाँ बजारप्रतिको जोड, केही प्रतिद्वन्द्वीलाई माथ दिने किसिमका नयाँ भन्सार र स्थिर अवस्थाको हाइब्रिड सवारी रहेका छन् । यी सबै टोयोटाको पक्षमा गएका छन् ।