एजेन्सी
सोमवार, माघ २८, २०७५
492

दुबई-आर्थिक वृद्धि कम हुने अवस्थाबाट सिर्जना हुन अवस्थाको सामना गर्नका लागि तयार हुन अन्तर्राष्ट्रिय मुद्रा कोषकी (आईएमएफ) कि प्रमुखले विश्वका सरकारहरुलाई सावधान गराएकि छन् । कोषकी प्रमुख क्रिश्टिना लेगार्डले दुबईमा भएको एक शिखर सम्मेलनमा भनेकि छन्,“हामी एक यस्तो अर्थव्यवस्था देखिरहेका छौ, जुन अनुमान भन्दा पनि सुस्त रुपमा वृद्धि भइरहेको छ ।”
कोषले गत महिना यो वर्षको विश्वव्यापी आर्थिक वृद्धि दरका पूर्वानुमान ३.७ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरेको थियो । लेगार्डले ती कारणलाई विश्वव्यापी अर्थव्यवस्थाको सुस्त हुने बताएकि छन्, जसलाई उनले अर्थव्यवस्थामाथि लाग्ने ४ बादल बताएकि छन् । कुनै पनि बेला विश्व अर्थव्यवस्थामा आधी आउन सक्ने चेतावनी उनले दिएकि छन् ।

यी जोखिममा व्यापारिक तनाव तथा शुल्क बढ्नु, राजकोषको स्थितिमा कमी, ब्रेक्जिटको विषयलाई लिएर सिर्जना भएको असामान्जस्य अवस्था तथा चीनको अर्थव्यवस्थामा लगातार बढेको सुस्ती भएको उनले बताएकि छन् । विश्वका २ ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच जारी व्यापार युद्धको विश्वभरी असर देखिन थालेको भनाई उनको थियो ।
लेगार्डले विश्वका सरकारहरुलाई संरक्षणवादसँग बच्नका लागि सुझाएकि छन् । उनले भनेकि छन्,“यो कसरी समाप्त हुन्छ भन्ने विषयमा हामीलाई कुनै अनुमाननै छैन र यसले व्यापार, भरोसा तथा बजारमा असर देखाउन सुरु गरिसकेको छ ।” “जब यती धेरै बादल छाएको छ, विनास सुरु हुनका लागि चट्याङको एक बिजुलीकमो झिल्कोनै पर्याप्त हुनेछ,” उनका भनाई थियो ।