एजेन्सी
आइतवार, माघ २७, २०७५
753

लन्डन-९७ वर्षिय राजकुमार फिलिपले सवारी चलाउन छोडको घोषणा गरेको बकिङघम प्यालेसले जनाएको छ । २ महिलालाई घाइते बनाउनेगरी सवारी ठोकिएको १ महिना भन्दा पनि कमको अवधिमा उनको यस्तो निर्णय आएको हो ।
रानी एलिजावेथ द्वितियका पतिले बडो सोच बिचारपछि यस्तो निर्णय लिएको दरबारले जनाएको छ । उनले स्वेच्छिक रुपमै लाइसेन्स त्याग्ने निर्णय गरेका हुन् ।

जनवरी १७ मा शाही परिवारको पूर्वी इंग्ल्यान्डको सान्ड्रिङहम इस्टेटमा अर्को कारसँग ठोकिदा फिलिप ल्यान्ड रोभरको चक्का पछाडि पुगेका थिए । पल्टिएको आफ्नो कारबाट बाहिर आउनका लागि फिलिपलाई अर्काको सहयोग आवश्यकता परेको थियो । यद्यपि उनी घाइते भने भएका थिएनन् । अर्को कारमा रहेका अन्य दुई महिला भने घाइते भएका थिए । यद्यपि उनीहररुको घाइतेको अवस्था भने गम्भिर थिएन । उक्त दुर्घटनामा ९ महिने बालकलाई भने कुनै चोटपटक लागेको थिएन ।
यसको २ दिनपछि फिलिपले सिटबेल्ट नलगाईकन सवारी हाकेको तस्बिर लिइएको थियो । उनीहरुले आपूmलाई भरपर्दो बचन दिएको र आपू्mले पनि उनीहरुलाई सुझाव दिएको प्रहरीले जनाएको छ ।

 


सातामा धेरै पढिएको