एजेन्सी
मंगलबार, माघ ८, २०७५
538

बेइजिङ- गत वर्ष चीनमा जन्मिएका बालबालिकाको संख्या ६० वर्षकै न्यून कायम भएको चीनको वित्तीय सेवा फर्म वाइड इनफरमेसनले जनाएको छ ।
गत वर्ष चीनमा १ करोड ५२ लाख ३० हजार बालबालिकाको जन्म भएको चीनले सोमबार जनाएको छ । यो १९६१ देखिकै न्यून हो । उक्त वर्ष यो मुलुकमा १ करोड १८ लाख ७० हजार बालबालिकाको जन्म भएकमो वाइन्डको तथ्यांकले देखाएको छ ।गत वर्ष पनि १ करोड १६ लाखको जन्म भएको थियो । यो पनि २०१७ को १ करोड ७२ लाख ३० हजारको तुलनामा कम हो ।चीनको पछिल्लो जन्म तथ्यांकले देशको जनसंख्या गत वर्ष १.३९५ अर्ब पुगेको एपीले जनाएको छ ।
चिनियाँ सरकारले २०२९ मा गएर जनसंख्यामा वृद्धि भएर १.४४२ अर्ब पुग्ने जनाएको छ । उक्त वर्षपछि चीनको जनसंख्या पुनः ओरालो लाग्ने पनि सरकारले जनाएको छ ।


सातामा धेरै पढिएको