एजेन्सी
बुधवार, पुष २५, २०७५
879

बेइजिङ-चीनले भारतसँग जोडिएको तिब्बतको सीमामा सेनाको युद्धक क्षमतामा लगातार वृद्धि गर्न थालेको छ । यसका लागि उसले आफ्नो सेनाको मोबाइल हाभित्जर तोपले सु–सज्जित गरेको छ । तिब्बत जस्तो सीमावर्ती क्षेत्रमा तैनाथीका लागि सेनामा नयाँ हलुका युद्धक ट्यांकलाई पनि समावेश गरेको छ ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको समाचार अनुसार स्वायत्त क्षेत्र तिब्बतमा तैनाथ गरिएका चिनियाँ सेना पीपुल्स लिबरेसन आर्मीलाई मोबाइल हाभित्जरबाट सु–सज्जित गरिएको छ । यसको उद्देश्य सीमा सुरक्षालाई राम्रो बनाउनका लागि उचाई वाला क्षेत्रमा सेनको युद्धक क्षमता बढाउनुनै रहेको छ ।

चीनको सैन्य विश्लेषकलाई उद्र्धृत गर्दै समाचारमा भनिएको छ,“नयाँ हतियार पीएलसी–१८१ ह्विकल माउन्टेन हाभित्जर हो ।” एक तोपखाना ब्रिगेडले २०१७ मा भारत तथा चिनियाँ सेना ७३ दिन सम्म डोकलाममा आमने सामने भएको समयमा यसको तैनाथी गरेको थियो ।
यसमा ५२ क्यालिबरको तोप लगाइएको छ । यसको रेन्ज ५० किलोमिटर भन्दा बढी छ । यो लेजर गाइडेड तथा स्याटलाईट गाईडेड मिसाइल पनि प्रहार गर्न सक्ने क्षमताको रहेको छ । यसको तैनाथी तिब्बतमा गरिने सम्भावना रहेको छ । यो ट्यांकमा १०५ एमएमको गन पनि लगाइएको छ । यो गाइडेड मिसाईल प्रहार गर्न सक्ने क्षमताको रहेको छ । यसमा १ हजार हर्सपावरको इन्जिन राखिएको छ । जुन पीएलएको अर्को प्रमुख युद्धक ट्यांकको तुलनामा अत्यन्त हुलुका रहेको छ ।