एजेन्सी
सोमवार, पुष २३, २०७५
2190

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकालाई फेरि राम्रो बनाउने आफ्नो अभियानमा लागेका छन् । तर, पहिलेभन्दा धेरै नागरिक स्थायी रूपमा अमेरिका छोड्न इच्छुक देखिएको हफपोस्टले जनाएको छ ।
२०१८ मा १६ प्रतिशत अमेरकीले आफु हरू अन्य मुलुकमा बसोबास गर्न इच्छुक भएको बताएको ग्यालपले हालै सार्वजनिक गरेको सर्भेले देखाएको छ । यो संख्या बाराक ओबामा र जर्ज डब्लू बुसको समयको भन्दा बढी हो । ओबामा प्रशासनको समयमा १० प्रतिशतले अमेरिका छोड्ने इच्छा व्यक्त गरेका थिए भने बुस प्रशासनको समयमा ११ प्रतिशतले अमेरिका छोड्ने इच्छा व्यक्त गरेका थिए ।

यो संख्या पुरुष र महिलाबीच पनि फरक देखिएको छ । ट्रम्पले कार्यकाल सुरु गरेपछि २० प्रतिशत महिलाले अमेरिका छोड्ने इच्छा व्यक्त गरेका छन् भने यसको तुलनामा १३ प्रतिशत पुरुषले मात्रै अमेरिका छोड्ने इच्छा व्यक्त गरेका छन् ।
यसमा उमेर पनि अतिरिक्त तŒवका रूपमा देखा परेको छ । १५ देखि २९ वर्ष सम्मका ३० प्रतिशत अमेरिकीले आफ्नो मुलुक छोड्ने इच्छा व्यक्त गरेका छन् । यो संख्या ३० देखि ४९ वर्षसम्मका मानिसमा १९ प्रतिशत र ५० देखि माथिका मानिसका ८ प्रतिशत छ । थोरै आम्दानी हुनेले यो विषयमा बोल्न अस्वीकार गरेका छन् ।
छोड्न चाहनेले कहाँ जाने इच्छा व्यक्त गरेका छन् त ? यसको विकल्पमा क्यानडा हुन सक्छ । २०१६ को चुनावपछि यो साझा समस्या बन्दै आएको छ । २०१८ मा ४ मा १ अमेरिकीले क्यानडा जाने इच्छा व्यक्त गरेको ग्यालपको सर्भेले देखाएको छ । २०१६ मा क्यानडा आदर्श गन्तव्य भएको बताउनेको संख्यामा हाल दोब्बरले वृद्धि भएको छ ।
तर, यसको अर्थ आम आप्रवासन वास्तवमै हुन्छ भन्ने नभएको ग्यालपले जनाएको छ । ग्यालपले भनेको छ, “आप्रवासनमा जाने विषय वास्तवमै गर्नेको भन्दा यसो गर्ने इच्छा देखाउनेको संख्या बढी छ ।” ट्रम्प सत्तामा आएपछिको समयमा यस्तो इच्छा देखाउनेको संख्यामा वृद्धि भएको हो ।