एजेन्सी
सोमवार, पुष २, २०७५
519

लन्डन-बेलायतमा २७ वर्षकी एक महिला ५ मिनेट मरेर बिउतिएकि छन् । लारा डालेसिया नाम गरेकी उक्त महिलालाई मरेको पाँच मिनेटपछि चिकित्सकले कैयौ प्रयास गरेर बचाएको बीबीसीले जनाएको छ ।
“मेरो ओठ नीलो हुन थालेको थियो, मैले सास फेर्न बन्द गरेको थिए । मेरो मुटुको धड्कन पनि रोकिएको थियो,” उनले भनिन् ।

उक्त समयमा मलाई लागेको थियो कि मेरो शरीरमा जीवन बाँकि छैन । म पाँच मिनेटका लागि मरेको थिए,” लाराले भनिन् ।
३ वर्ष पहिला जब उनी कामबाट घर फर्कदै गरेकि थिइन, उनी अचानक बेहोस भएर लडिन् ।
पेशाले नर्स रहेकी उनीलाई ह्दयघात भएको थियो ।
बेलायतमा ८० हजार भन्दा बढी युवा आफु मुटुको रोगसँग बाचिरहेको अवस्थाबारे जानकार छैनन् । बेलायती हर्ट फाउन्डेसनले यस बारेमा चेतावनी समेत जारी गरेको छ । फाउन्डेसनका अनुसार यस किसिमका मानिसका लागि मुटुको बिमारी खतरनाक प्रमाणित हुन सक्छ ।

 


सातामा धेरै पढिएको