कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५
2128

बेइजिङ-चीनका मुख्य सहरका बाटोमा हिड्दा तपाईले हुवावेको स्टोर र जताततै विज्ञापन देख्नु हुनेछ । विश्वकै ठूलो स्मार्टफोन बजारमा पहिलो नम्बरको खेलाडी भएकाले यस्तो भएको हो ।
यसै वर्षको दोस्रो त्रैमासिक अवधिमा बजार हिस्साका आधारमा एप्पललाई पछि पार्दै चिनियाँ स्मार्टफोन निर्माता दोस्रो ठूलो स्मार्टफोन कम्पनी बनेको थियो । हाल आएर हुवावेले हाल सामसङले लिएको विश्वकै ठूलो स्मार्टफोनको ताज आगामी २०२० सम्ममा आफ्नो पोल्टामा पार्ने लक्ष्य निर्धारण गरेको छ ।

“आगामी वर्ष पहिलो नम्बरको स्मार्टफोनको अत्यन्त नजिक हुनेछौ । सम्भवत हामी सामसङको हाराहारीमा रहने छौ । सम्भवत १ वर्षपछि अर्थात २०२० मा विश्वकै पहिलो नम्बरको स्मार्टफोन हुनेछौ,” हुवावेको उपभोक्ता विभागका सीईओले सञ्चार माध्यमको अन्तर्वार्ताको क्रममा बताए ।
हालका दिनमा कम्पनीले फोल्डेबल फोन, फाइभ जी मोबाइल प्रविधि र अगमेन्ट रियलिटी ग्लासको बारेमा चर्चा गरिरहेको छ । तर पहिलेको समयमा यस्तो थिएन । वास्तवमै हुवावेले २०१० सम्मको अवधिमा पनि कुनै पनि मोबाइल फोनको ब्रान्ड सम्म थिएन । यो समय एप्पलले आईफोन सुरु गरेको तीन वर्ष पछि हो ।
यो कम्पनी चीनकै ठूलो प्रविधि फर्म भएधको छ । यसमा मोबाइल नेटवर्किङ उपकरणको वृद्धिले महत्वूर्ण योगदान गरेको छ र हाल यो बजारका लागि विश्वकै ठूलो आपूर्तिकर्ता समेत भएको छ । यसको मौलिक डिजाइन म्यानुफ्याक्चरर (ओडीएम) रहेको छ । यसको अर्थ कम्पनीले अन्य फर्मका लागि ढाँचा तयार पार्ने र संयन्त्र निर्माण गर्ने काम समेत गर्छ ।
२०१० मा हुवावेले आफ्नै पहिलो ब्रान्ड आईडीईओएस स्मार्टफोन लन्च गरेको थियो । यो स्मार्टफोन गुगलको एप्न्ड्रोइड मोबाइल अपरेटिङ सिस्टममा चल्छ र यसको मूल्य त्यतीबेला ६० युरो अर्थात ६७.५० डलर पर्दथ्यो । कम्पनीले मौलिक कृतिम बौद्धिकताको चिप्स भएको ह्यान्डसेट सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ । यो विशेषता भएको यो विश्वकै पहिलो फोनको मूल्य १ हजार डलर भन्दा बढी पर्ने अपेक्षा गरिएको छ ।
ओडीएमबाट स्मार्टफोनमा जाने कदमलाई यूले सुरुवात गरेका हुन् । उनले यो भन्दा पहिले हुवावेको बिजनेस टु बिजनेस (बी२बी) विभागमा काम गरेका थिए र उनी २०१२ मा उपभोक्ता ग्रुपको सीईओ समेत भएका थिए । उक्त समयमा उनलाई केही प्रवृत्तीले हुवावेलाई फिचर फोनबाट स्मार्टफोनतर्फ जानका लागि प्रेरकको काम गरेको थियो । उनलाई फोरजी मोबाइल इन्टरनेटको आगमनले थप उत्साहित गरायो । उनले हुवावेलाई फिचर फोनको उत्पादन रोकेर उच्च प्रविधिको फोन उत्पादन गर्ने विषयमा आफ्नो ध्यान केन्द्रीत गरे ।