एजेन्सी
बिहिवार, आश्विन ४, २०७५
4791

नयाँ दिल्ली-११ सेप्टेम्बर २०१८ को एयर इन्डियाको फ्लाईट–बोइङ ७७७ एआई–१०१ मा सवार क्रु समेत ३७० मानिसलाई यो दिन सधै सम्झना लायकको हुनेछ । नयाँ दिल्लीबाट न्यूयोर्क गइरहेको फ्लाईटका पाइलटले सयौ मानिसलाई उक्त दिन कालको मुखबाट बचाएका थिए ।
यो विमानका पाइलट तथा को–पाइलटले आपलकालिन स्थितिमा पनि आश्चर्यजनक तरिकाबाट विमानलाई अवतरण गराए । जसका लागी उनीहरुको प्रशंशा जति गरेपनि कमनै हुन्छ ।

नयाँ दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलबाट उडेको विमान न्यूयोर्कको जोन अफ केनेडी विमानस्तलमा अवतरण गर्नु भन्दा ठिक पहिला प्रविधिमा खराबी आएको थियो । मौषम पनि खराब थियो तथा विमानमा इन्धन पनि सकिने अवस्थामा पुगेको थियो । यसका बावजुद सुझबुझ तथा साहसका साथ विमानका पाइलटले सही समयमा उचित फै सला लिए तथा सबै यात्रुलाई सकुशल जमिनमा उतारेका थिए ।
नयाँ दिल्लीबाट न्यूयोर्क सम्मको यो उडान करिब १५ घन्टा लामो हुन्छ । ११ सेप्टेम्बरको एयर इन्डियाको यो उडान तीन मध्ये दुई रेडियो अल्टिमिटर, टी–क्यास सिस्टम तथा अटो ल्यान्ड फिचर फेल भएका थियो । इन्डिया टुडेका पत्रकार तथा ट्रेन्ड पाइलट नागार्जुन द्वारकानाथले यो तरिका प्रयोग गरेर पाइलट सीधै धावनमार्गमा विमानलाई उतार्न सक्ने बताएका छन् । यदी यसो भएन भने पाइलटलाई आफ्नो आखाले हेरेर ल्यान्डिङ गर्नुपर्ने हुन्छ ।
यी तमाम समस्या, खराब मौषम तथा इन्धन सकिएको अवस्थाकाबीच पाइलटले विमानको न्यूयोर्कको ही नेवार्क लिबर्टी इन्टरनेशनल विमानस्थलमा विमानलाई अवतरण गर्ने फैसला गरे । उक्त विमानस्थलमा कुनै पनि अस्वभाविक अवस्थासँग जुभ्mनका लागि पहिला कर्मचारीलाई तैनाथ गरिएको थियो । एयर इन्डियाको विमानका पाइलटलाई विमानमा देखिएको खराबीको जानकारी आएपछि उनले एसीटीमा सम्पर्क गरेर समय तथा विमान अवतरणको स्थान बताउन भनिएको थियो । एसीटीसँग पनि यसको कुनैपनि सटिक समाधानको उपाय थिएन । यस्तो अवस्थामा पाइलटले आफ्नो समझदारीको प्रयोग गरेका थिए ।