अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ ।
पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो सङ्ख्या गत हप्ताको तुलनामा बृद्धि भएको आइओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता पनि कागजात नभएका ८९५ जना शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।
चरम हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट गत जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर फर्किएका छन् ।