एजेन्सी
आइतवार, भदौ २४, २०७५
2838

वासिङटन-चीनसँग जारी व्यापार युद्धको असरबाट बच्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज स्मार्टफोन निर्माता एप्पललाई आफ्नो उत्पादनलाई चीनको सट्टा अमेरिकामै सार्नका लागि अपिल गरेका छन् । अमेरिकी व्यापार घाटा कम गर्न उठाइएको कदमका अनुसार ट्रम्पले यो भन्दा पहिला पनि अमेरिकी कम्पनीलाई आफ्नो उत्पादन अमेरिकामै गर्नका लागि आग्रह गर्दै आएका छन् ।
ट्रम्पले आफ्नो ट्वीटमा लेखेका छन्,“चीनमाथि भारी भन्सार लगाइएको छ । जसका कारण एप्पलको मूल्य बढ्न सक्छ । तर, एक सहज समाधान छ । जहाँ शून्य भन्सार हुनेछ । वास्तवमै कर प्रोत्साहन हुन सक्छ । चीनको सट्टा अमेरिकामा आफ्नो उत्पादन गर्नु । अहिलेदेखिनै एप्पलले नयाँ प्लान्ट सुरु गरोस । उत्साहित ।” तर अमेरिकाको ज्याला दरमा भएको वृद्धिका कारण हुने नोक्सानीको मध्यनजर गर्दै एप्पल चीनमाथि लगाइएको भन्सारबाट आफ्नो उत्पादनमाथि पर्ने असरको बेवास्ता गर्न सक्छ ।

ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि ५० अर्ब डलरको भन्सार लगाएको छ । साथसाथै अमेरिकाले आफ्नो मुलुकमा हुने सबै चिनियाँ सामानमाथि भन्सार लगाउने धम्की दिँदै आएको छ । निर्माताका लागि मूल्य बढिरहेको तथा अर्थव्यवस्थामा नोक्सानी पुग्ने आशंकाकाबीच अमेरिकी कारोबारहिरु यो भन्सारबाट अत्यन्त चिन्तित रहदै आएका छन् । तर ट्रम्प प्रशासन आफ्नो यो रणनीतिले पुराका पुरा काम गर्नेमा विश्वस्त रहदै आएको छ ।
अमेरिकी राष्ट्रपतिले चीनसँग चलेको व्यापार युद्धको थप विस्तार गर्ने चेतावनी दिएका छन् । उनले चीनबाट आयात हुने हरेक सामानमा शुल्क बढाउन आपूm तयार भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिले आगामी समयमा चीनबाट आयत हुने २६७ अर्ब डलरका अतिरिक्त सामानमा पनि शुल्क लगाउने धम्की दिएका छन् । उनले चीनबाट आयात हुने २ सय अर्ब डलरको सामानमा शुल्क बढाउने घोषणा यो भन्दा पहिलेनै गरिसकेका छन् ।
चीनले पनि जवाफी कारबाहीको धम्की दिइसकेको छ । चीलने आफ्नो मुलुकमा काम गरिरहेका अमेरिकी कम्पनीलाई दुःख दिन सक्छ । यसै वर्षको जुनमा दुई देशबीच भएको असफल व्यापार वार्तापछि वासिङटन र बेइजिङमा व्यापार युद्ध छेडिएको छ । दुवै मुलुक एक अर्काको सामानमाथि भन्सार बढाइरहेका छन् ।