एजेन्सी
बिहिवार, चैत्र २०, २०७६

अमेरिकामा कोरोना संक्रमितको संख्या चीन, इटाली र स्पेनको भन्दा पनि बढी पुगेको छ । यहाँ प्रत्येक साढे २ देखि ६ मिनेटको अवधिमा एकको मृत्यु भएपछि न्यूयोर्कको अस्पतालका मुर्दाघर भरिएको छ । जोन हपकिन्स युनिभर्सिटी कोरोनाभाइरस रिसोर्स केन्द्रले विगत २४ घन्टाको अवधिमा देशमा ८८४ मानिसको मृत्यु भएको उल्लेख गरेको छ । यो एकै दिनमा भएको मृत्युको संख्या सर्वाधिक बढी हो ।

1082
एजेन्सी
बिहिवार, चैत्र २०, २०७६

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

479
एजेन्सी
बिहिवार, चैत्र २०, २०७६

कोरोनाभाइरसको महामारीका कारण विमान सेवा बाहेकका विश्वव्यापी उड्डयन उद्योगले २० खर्ब डलर गुमाउने र एसिया–प्रशान्तमा मात्रै लाखौ रोजगारी जोखिममा परेको स्वतन्त्र थिंक ट्यांक इन्ससटिच्यूट फर एभिएशन रिसर्चका संस्थापक तथा अध्यक्ष झेङ लीले बताए । “पुरै सप्लाई चेनका लागि एयरलायन्स प्रमुख रहदै आएको छ ।

204
एजेन्सी
सोमवार, चैत्र १०, २०७६

अस्ट्रेलिया सरकारले कोरोना भाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलरसमेत कुल १ खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताए । यो रकम कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । क्यान्बेरामा पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको बताए ।

468
एजेन्सी
आइतवार, चैत्र ९, २०७६

चीनको उत्तरपूर्वी शहर तियानजिनमा केनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर यो खोपका लागि काम गरेको र यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ । हुबेइ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले जुन खोपका लागि परीक्षण गर्न लागिएको छ, त्यो अत्यन्त सुरक्षित रहेको र यसबाट संक्रमणको कुनै खतरा नभएको दावी गरेको छ ।

1118
एजेन्सी
आइतवार, चैत्र ९, २०७६

कोरोना भाइरसको प्रकोप विश्वमा बढिरहेको छ । यसैलाई आधार मान्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वयभरिमा आर्थिक संकट आउन सक्ने चेतावनी दिएको छ । विश्वका सरकारहरूले तीव्र रूपमा कुनै राम्रो कदम नउठाएमा करिब साढे २ करोड मानिसले जागिर गुमाउन सक्ने आईएलओले जनाएको छ । संगठनले बुधबार भनेको छ, “कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट एक विश्वव्यापी अािर्थक संकट सुरु हुन सक्छ र यदि यसको असरबाट बच्न सरकारले कदम नउठाएमा विश्वभरिमा २.५ करोडको जागिर जान सक्छ ।”

455
एजेन्सी
बिहिवार, चैत्र ६, २०७६

साइन्स जर्नल पीएनएएसमा प्रकाशित आफ्नो किसिमको पहिलो अध्ययनले भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा यी दुई देशमा रहेका परमाणु हतियारको १ प्रतिशतको मात्रै प्रयोगले पनि १० करोड मानिसको तत्काल ज्यान जानुका अतिरिक्त विश्वव्यापी रुपमा आधुनिक इतिहासकै ठूलो खाद्यान्न संकट आउन सक्ने उल्लेख गरेको छ ।

1239
एजेन्सी
बिहिवार, चैत्र ६, २०७६

डिसेम्बरको अन्त्यमा वुहानमा पहिलो पटक सुरु भएको कोरोना भाइरसको संक्रमण बुधबार बिहानसम्म १ सय ६५ देशमा विस्तार भइसकेको छ । नेपालकमा तर्फबाट यो भाइरसको संक्रमण नेपालमा आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण–पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । दक्षिण–पूर्वी एसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

1485
एजेन्सी
बुधवार, चैत्र ५, २०७६

कतिपय पण्डित र राजनीतिज्ञले किन अमेरिकी सेनाले अमेरिकामा कोरोना भाइरसको विस्तार रोक्ने काम गरिरहेको छैन भनी सोधिरहेका छन् । आइतरबार न्युयोर्क टाइम्सको विचार पृष्ठमा न्युयोर्कका गभर्नर आन्द्रे कुमोले राष्ट्रपति ट्रम्पलाई इन्जिनियरहरुको आर्मी कप्र्स प्रयोग गर्न आग्रह गरेको प्रकाशित गरेको थियो । पूर्वउपराष्ट्रपति जोइ बिडेनले रक्षा विभागले परिचालनका लागि योजना बनाउनुपर्ने बताएका थिए । यद्यपि केही नेसनल गार्ड युनिटहरूले केही लजिस्टिक सामग्रीका साथ सहयोगमा सहभागी भएको थियो । तर, चिकित्सा सहयोग प्रदान गर्ने अमेरिकी सेनाको क्षमता सीमित छ ।

617
एजेन्सी
बुधवार, चैत्र ५, २०७६

मानिस घरमै कैद हुनाले पर्यटन उद्योग पनि तहसनहस भएको छ र सबैभन्दा ठूलो असर विमान कम्पनीलाई भएको छ । महामारीका कारण विश्वका अधिकांश एयरलायन्स मे महिनाको अन्त्यसम्ममा टाट पल्टने भएका छन् र समन्वयात्मक सरकार र उद्योगले मात्रै यो विनाशलाई बचाउन सक्नेछन् । विश्वव्यापी विमान सल्लाहकार फर्म सीएपीएले यस्तो जानकारी गराएको हो । फर्मले सोमबारको एक टिप्पणीमा भनेको छ, “कोरोना भाइरस तथा कैयांै सरकारी यात्रा प्रतिक्रियाका कारण हाम्रो विश्वमा कैयौं विमान सेवा कम्पनी प्राविधिक रूपमा टाट पल्टिसकेका छन् ।

1983
एजेन्सी
मंगलबार, चैत्र ४, २०७६

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या शनिबारसम्म १ हजार ४ सय ४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार संक्रमितको संख्या शनिबारसम्म १७ हजार ७ सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट चीनपछि सबैभन्दा धेरै मृत्यु इटालीमै भएको हो ।

313
एजेन्सी
मंगलबार, चैत्र ४, २०७६

हाल विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण पैसाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैले सजगता अपनाउनका लागि संगठनले आग्रह गरेको छ । यसअघि देखिएका अन्य विभिन्न किसिमका संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले सजगता अपनाउन संगठनले आग्रह गरेको हो । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो ।

457
एजेन्सी
मंगलबार, चैत्र ४, २०७६

कोरोना भाइरसको सुरुवात मानिएको चीनमा जनजीवन सामान्य बन्न थालेको छ । करिब २ महिनाको बन्दपछि केही स्थानको आवागनमा लगाइएको रोक हटाइएको छ । नियमन खुकुलो भएपछि स्कुल, कारखाना, राजमार्ग, पर्यटकीय क्षेत्र खुला भएका छन् । आइतबार केवल २५ नयाँ संक्रमण देखिएको थियो । देशमा अब नयाँ रोगीको संख्यामा गिरावट आउन थालेको छ र पुराना रोगी पनि निको हुन थालेका छन् । चीनमा हालसम्म संक्रमणको संख्या ८० हजार ८ सय ४९ छ भने ३ हजार १ सय ९९ जनाले ज्यान गुमाएका छन् । सिन्ह्वाका अनुसार २८ प्रान्तले राजमार्ग एकअर्काका लागि खोलेका छन् । संक्रमण पैmलिएको समयमा १ हजार १ सय १९ राजमार्ग बन्द गरिएको थियो । यसमध्ये २ लाई छाडेर सबै खुला गरिएको छ ।

336
एजेन्सी
सोमवार, चैत्र ३, २०७६

इन्डोनेसियामा बस्दै आएका १ सय ३ वर्षीय पुआङ कट्टेले करिब ७६ वर्ष कान्छी अर्थात् २७ वर्षीया महिलासँग विवाह गरेर विश्वभरिमा चर्चाको विषय भएका छन् । सोसल मिडियामा उनको तस्बिर व्यापक भाइरल भइरहेको छ । मिडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइँमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आपूmलाई थाहा नभएको बताएका छन् ।

943
एजेन्सी
बिहिवार, फाल्गुन २९, २०७६

इरानमा तीव्र दरमा फैलिरहेको कोरोनाभाइरसबाट बच्नका लागि करीब ७० हजार कैदीलाई अस्थायी रुपमा रिहा गरिएको छ । इरानको लगभग सबैजसो क्षेत्रमा कोरोना भाइरस पैmलिएको छ । यसैबीच इरानको दुई प्रान्तमा विषाक्त रक्सी पिउनाले २७ को मृत्यु भएको छ । रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउन सकिने अपवाह पैmलिएको थियो । इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रुपमा रिहा गर्ने घोषण गरेका थिए ।

240