कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

हुम्लामा पहिलो पटक व्यावसायिक जलयात्रा (–याफ्टिङ ) सुरु भएको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुनाथ मन्दिरदेखि याँचुसम्मको ३ किलोमिटरको दूरीमा अब –याफ्टिङ गर्न सकिने भएको छ । एक औपचारिक कार्यक्रमको माध्यमबाट कर्णाली –याफ्टिङ तथा एड्भेन्चर प्रालिले –याफ्टिङ सुरु गरेको हो । हुम्लाको प्रायजसो ठाउँमा –याफ्टिङ गर्न सकिने सम्भावना भएको भए पनि हालसम्म व्यवसायिक –याफ्टिङ सुरु भएको थिएन ।

1728
केदार दाहाल
सोमवार, चैत्र ५, २०७४

नेपालमा पछिल्लो समय हवाई यात्रुको वृद्धिसँगै आन्तरिक उडानमा वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दो छ । निजी वायुसेवा कम्पनीहरूले जहाज थप्ने प्रतिस्पर्धासँगै हवाई रुट विस्तारमा समेत प्रतिस्पर्धा सुरु भएको छ । पछिल्लोपटक दुई महिनाअघि बुद्ध एयरले पोखरा–नेपालगन्ज उडान भर्ने योजना सार्वजनिक गरेको छ ।

4118
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्रमा वार्षिक १५ लाख पर्यटक भित्राउने घोषणा गरेका छन् ।

1689
केदार दाहाल
शुक्रवार, चैत्र २, २०७४

स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ । सोलुखम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ । नगरपालिकाले फाप्लु विमानस्थलबाट उडान गर्ने सवै एयरलाइन्स कम्पनीसँग कार्गो ढुवानीमा जबर्जस्ती कर उठाउन थालेको छ । संघीय संरचनामा हवाई उड्डयन क्षेत्रलाई केन्द्र सरकारले हेर्ने व्यवस्था रहे पनि दूधकुण्ड नगरपालिकाले भने धमाधम कर उठाएको छ ।

2553
केदार दाहाल
बिहिवार, चैत्र १, २०७४

सरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बिमा रकम ६ दशकसम्म वृद्धि हुन सकेको छैन । यसले हवाई दुर्घटनामा परेका मृतकका आफन्तले अन्य मुलुकबराबर पाउनुपर्ने बिमा रकमको थोरै अंशमात्र पाउने गरेका छन् । यसबाट बिमान दुर्घटनाका मृतक परिवारले बिमा रकमबापत अन्तर्राष्ट्रिय मापदण्डभन्दा झन्डै ६ गुणा कममात्र पाउनेछन् ।

1737
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने ऐतिहासिक महत्व बोकेको कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । पर्यटकीय क्षेत्रको समेत उच्च सम्भावना बोकेको उक्त पोखरीको संरक्षणमा सरोकारवालाहरूको ध्यान नपुग्दा अतित्व गुम्ने खतरा रहेको स्थानिय राजेन्द्र घलेले बताए ।

1597
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

कोसीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएका चरा र अर्नाको अवलोकनका लागि आउने पर्यटकको संख्यामा कमी आएको छ । सुनसरीको सप्तकोसी नदीको जलाधार क्षेत्रमा पर्ने कोसीटप्पुमा पर्यटकलाई घुमाउन प्रयाप्त हात्ती नहुँदा पर्यटकहरू आउन छाडेको बताइएको छ ।

1161
केदार दाहाल
बुधवार, फाल्गुन ३०, २०७४

क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस–बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो । यस्तै, बंगलादेशका नागरिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाको जाँचबुझमा सघाउने बचन दिएका छन् ।

2962
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

सोमबारको विमान दुर्घटनामा ज्यान गुमाउनेहरू नेपाल शिला बजगाईं अल्जिना बराल चारु बराल

1634
केदार दाहाल
मंगलबार, फाल्गुन २९, २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको छ । युबीजी–२११ नम्बरको जहाज दुर्घटनामा चालकदलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

2620
केदार दाहाल
सोमवार, फाल्गुन २८, २०७४

यूएस बङ्लाको जहाज दुर्घटना भएपछि दिउसो २ः१८ बजेबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि पुन सुचारु भएको छ । अपरान्ह ४ः५० बजेदेखि बिमानस्थल खुलेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । दिउसोदेखि बिमानस्थलको बाहिर रोकेर राखिएका यात्रुहरुलाई चेकिङ गर्दै भित्र प्रवेस गराउन थालिएको छ ।

1697
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान दुर्घटना भएको छ । विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको जनाइएको छ । ढाकाबाट आएको विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। प्रत्यक्षदर्शीले जनाएअनुसार विमानमा आगोलाग्न सुरु भएको छ । तर, आगो निभाउन सकिएको छैन । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

1903
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

म्याग्दीको भूगोलमा रहेका एक दर्जन हिमाल तथा हिमश्रृंखलाले जिल्लालाई समृद्ध बनाएको छ । हिमाली जिल्लाको पहिचानबाट भने जिल्लालाई ओझेलमा पारिएकोमा भने स्थानीयको चित्त दुखाइ छ ।

1587
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

राराको सौन्दर्यको परख गर्ने धेरै छन् । तर, राराले एकदिनमा सप्तरंगी मुहार फेर्छ भन्ने हेक्का कमैलाई छ । राराको यही सप्तरंगी सुन्दरता हेर्न आउनेको ताँती नै लाग्ने गरेको छ । हिउँद याममा बाह्य र आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बनेको छ रारा । खासगरी राष्ट्रिय सडक सञ्जाल रारासम्म जोडिएपछि र ताल्चा– रारा विमानस्थल कालोपत्रे भएपछि पर्यटकको घुइँचो हुन थालेको छ रारामा ।

1803
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

पाँचथरको सदरमुकाम फिदिमबाट नजिकै रहेको जिल्लाकै ऐतिहासिक र किरात समुदायको आस्थाको केन्द्र लब्रेकुटी वनभोजस्थल र पर्यटनका लागि जिल्लाकै अब्बल गन्तव्य मानिन्छ । मेची राजमार्गको इलाम–फिदिम सडक खण्डको कान्छीदोकान बजारबाट करिब आधा घण्टाको पैदल हिँडेपछि लब्रेकुटी पुगिन्छ ।

1762