कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

कर्णाली प्रदेशलाई पर्यटनको माध्यमबाट अगाडि बढाउन ६ नम्बर प्रदेशमा रहेको राराबाट आगामी वैशाख १ गते रारा कर्णाली पर्यटन वर्षको घोषणा हुँदैछ ।

2211
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्री गरेर ८ थान नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ । निगमले आन्तरिक उडान गरिररेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो । हाल बोइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ ।

2568
कारोबार संवाददाता
मंगलबार, चैत्र २०, २०७४

न धेरै गर्मी, न त धेरै चिसो । मनमोहक प्राकृतिक दृश्य र मनै लोभ्याउने थरिथरिका लालिगुराँस फुलेको यो मौसम रामारोशन घुम्नेका लागि अतिउपयुक्त समय हो । बाह्र बण्ड अठार खण्डका नामले परिचित सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक अछामको रामारोशन यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ ।

1586
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

पाँचथर सदरमुककामबाट करिब १२ कोस टाढा पर्ने साविक रवी गाविस हाल मिक्लाजुङ–४ मा बेहुलीजस्तै रहेको ढुंगा जसलाई स्थानीय बेहुली ढुंगा भन्ने गर्छन् । स्थानीयस्तरमा यसको जति चर्चा हुन्छ बाहिर त्यति प्रचार हुन सकेको छैन । यसको प्रचार प्रसार र प्रवद्र्धन गर्न नसक्दा पर्यटीकयस्थलको प्रचुर सम्भावना रहेको बेहुली ढुंगा गुमनाम हुँदै गएको छ ।

1569
केदार दाहाल
सोमवार, चैत्र १९, २०७४

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक समृद्धिका लागि एक सय दिनमा एक सय १० काम गर्ने घोषणा गरेका छन् । सात वटा प्रदेशका ७ वटा गाउँलाई नमुना गाउँ बनाउन विस्तृत योजना १ सय दिनभित्र तयार पार्ने घोषणा पनि उनको छ ।

3303
केदार दाहाल
शुक्रवार, चैत्र १६, २०७४

नेपाल वायुसेवा निगमले चिनियाँ जहाज वाई–१२ इ उडाउनका लागि ३ चिनियाँ क्याप्टेन ल्याउने भएको छ । हाल निगमसँग ४ थान जहाजका लागि २ जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् ।

2346
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

चितवनको माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन माडी नगरपालिकाले सक्रियता देखाएको छ । यो वर्षमात्रै पर्यटन विकासमा नगरपालिकाले झण्डै ८० लाख खर्चिने तयारी गरेको छ ।

1280
केदार दाहाल
बिहिवार, चैत्र १५, २०७४

नयाँ पर्यटनमन्त्री र नयाँ सरकार आउनेवित्तिकै पहिलो प्राथमिकता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार पर्ने गरेको छ । पछिल्लो दशकमा विमानस्थल सुधारका लागि २४ घन्टा विमानस्थल सुधार गर्ने घोषणा नयाँ पर्यटनमन्त्री आउनेवित्तिकै हुने गरेको छ । तर, विमानस्थल विस्तार र सुधारको काम भने विगत आधा दशकदेखि चर्चामा रहे पनि गति भने लिन भने सकेको छैन ।

2211
केदार दाहाल
बुधवार, चैत्र १४, २०७४

स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सवा अर्ब क्षतिपूर्ति दावी गर्दै सिंगापुरको एक अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम सयममै पूरा गरेपछि ठेक्काबाट निकालिएको यो कम्पनी नेपालमा कानुनी लडाइँमा असफल भएपछि सिंगापुरको अदालत पुगेको हो ।

2133
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २२ औं पटक आरोहणको लागि जाने भएका छन् । उनले सफल आरोहण गरेमा यसअघिको आप्पा शेर्पाको २१ पटकको रेकर्ड तोडिनेछ ।

2816
केदार दाहाल
सोमवार, चैत्र १२, २०७४

कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ । नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो यो । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो ।

3680
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा शुक्रबारदेखि सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) सञ्चालन भएको छ । सातामा दुई दिन शुक्रबार र शनिबार अपराह्न ५ बजेदेखि राति १ बजेसम्म पोखराको हल्लनचोकदेखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा नो भेइकलन जोन सञ्चालन गर्ने अभियानको सुरुवात भएको हो ।

1176
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई पर्यटनको विकासका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएको छ ।

1322
केदार दाहाल
आइतवार, चैत्र ११, २०७४

नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाज निर्माता कम्पनीले जेठको तेस्रो सातामात्रै नेपाललाई हस्तान्तरण गर्ने भएको छ । एयरबसले २०१८ को जुन पहिलो साता पहिलो जहाज हस्तान्तरण गर्नेगरी कार्यतालिका पठाएको निगमले जनाएको छ ।

5720
दीननाथ बराल
सोमवार, चैत्र ५, २०७४

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा यही चैत ९ गते शुक्रबारदेखि सवारीसाधन निशेषित क्षेत्र (नो भेइकल जोन) हुने भएको छ । शुक्रबार र शनिबार अपरान्ह ५ बजेदेखि राति १ बजेसम्म पोखराको हल्लनचोक देखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा नो भेइकल जोन गर्ने तयारी भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

1542