कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो । तर, विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काइट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो ।

353
मुकेश चौधरी
शुक्रवार, पुष १८, २०७६

सुदूरपश्चिम प्रदेश सरकारले पर्यटक विना भ्रमण वर्ष २०२० उद्घाटन गरिएको छ । प्रदेश सरकारले बुधबार धनगढीमा तामझामका साथ भव्य रूपमा भ्रमण वर्ष– २०२० उद्घाटन गरेको हो । तर, पहिलो दिन नै सुदूरपश्चिममा पर्यटक आगमन भएन । भ्रमण वर्ष उद्घाटन गर्ने तयारी गरिएपनि पर्यटक ल्याउने काम नगरिएको हुनाले सुदूरपश्चिममा पहिलो दिन नै पर्यटक संख्या शून्य भएको हो ।

311
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

नेपाल भ्रमण वर्ष–२०२० सुरु भएसँगै भादा थारु होम स्टेको आयोजनामा पर्यटकहरूलाई आकर्षित गर्न होमस्टे महोत्सव सुरु भएको छ । भ्रमण वर्षमा २५ हजार पर्यटक भिœयाउने लक्षसहित भादा थारु होमस्टे पर्यटन व्यवस्थापन समितिको आयोजनामा धनगढी–१६, भादामा बुधबार होमस्टे महोत्सव सुरु भएको हो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले महोत्सव उद्घाटन गरेका छन् ।

342
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा बुधवार नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टाबाट भएको छ । मेचीनगर नगरपालिका अन्तर्गतको मेचीनगर पर्यटन विकास समितिले आयोजना गरेको उद्घाटन कार्यक्रममा नगर प्रमुख विमल आचार्यले ‘नेपाल भ्रमण वर्ष —२०२०’ लाई सफल बनाउन सवै नगरवासीमा आग्रह गदैं नेपालले भ्रमण वर्ष आयोजना गरिनुको उद्देश्यबारे प्रष्ट पारे । कार्यक्रममा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ५ जना पर्यटकलाई स्वागत तथा सम्मान गरियो ।

270
कारोबार संवाददाता
बिहिवार, पुष १७, २०७६

सन् २०२० सँगै नेपाल भ्रमण वर्षको सुरुवातमा जिल्ला जिल्लामा फरक–फरक किसिमबाट पर्यटक तान्ने कार्यक्रम भएका छन् । कतै पर्यटकलाई खानाको पैसा छुट गरियो भने कतै बस्नको छुट गराएर यसको प्रचार गरियो । कतै केही प्रतिशत मात्र छुट गराएर पनि पर्यटक तान्न होटलहरूले प्रयास गरिरहेका छन् ।

563
कारोबार संवाददाता
बिहिवार, पुष १७, २०७६

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबार डडेल्धुरामा नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गर्नु भएको छ । डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा व्यानरको अनावरण गर्दै नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गरे । व्यानर अनावरणपश्चात् अमरगढी नगरपालिका डडेल्धुराले जिल्ला सदरमुकाम बागबजारमा आयोजना गरेको भ्रमण वर्ष नेपाल–२०२० को अन्तर्गत घुम्न जाऊँ अभिायनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भ्रमण वर्ष एक दिनका लागि मात्रै नभई सधैंका लागि बनाइनुपर्ने बताए ।

305
कारोबार संवाददाता
बिहिवार, पुष १७, २०७६

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने पोखरा सडक महोत्सवले पछिल्लो दुई वर्षदेखि पर्यटक आकर्षण गर्न चुकेको छ । पछिल्ला वर्षमा सडक महोत्सवको जस्तै गरी पर्यटकलाई आकर्षक प्याकेज सहितका छुटका कार्यक्रम चितवन, बुटवल, धरानसहितका विभिन्न ठाउँमा हुने मेला महोत्सवले गर्दा र रेवान पोखराले पोखरा आउने पर्यटकलाई नयाँ प्रोडक्क दिन नसक्दा पर्यटक संख्यामा कमी आउन थालेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्षको पोखरा सडक महोत्सवमा पर्यटक आगमनमा कमी आएको सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले बताए ।

336
दीननाथ बराल
बिहिवार, पुष १७, २०७६

नेपालमै सबैभन्दा धेरै पर्यटकीय गतिविधि भएको गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्ष सन् २०२० को विभिन्न जनजातिको भेषभूषा, झाँकीसहित बुधबार उद्घाटन गरिने भएकोे छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेखि भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेसँगै हरेक प्रदेशमा पनि बुधबार नै प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा पनि भ्रमण वर्षको उद्घाटन भएको थियो ।

371
गोपाल पोखरेल
बिहिवार, पुष १७, २०७६

नेपालकै ऐतिहासिक तथा पुरातात्वीक सम्पदा मानिने चौदण्डीगढी दरवार क्षेत्र रहेको उदयपुरको चौदण्डीगढी नगरपालिकाले चौदण्डीगढी दरवार क्षेत्रबाट नेपाल भ्रमण बर्ष २०२० को थालनी गरेको छ । अंग्रेजी नयाँ बर्ष तथा नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन बिशेष कार्यक्रमको आयोजना गरी भ्रमण बर्षको थालनी गरिएको हो ।

534
कारोबार संवाददाता
बिहिवार, पुष १७, २०७६

अंग्रेजी नयाँ वर्ष मनाउन धुलिखेल आउने आन्तरिक र बाह्य पर्यटकका कारण धुलिखेलका होटेलहरू भरिभराउ भएका छन् । पाँच दर्जनको हाराहारीमा रहेका होटलहरूको भरिने दर ‘अकुपेन्सी’ ८० प्रतिशतमाथि छ । नयाँ वर्षको पूर्वसन्ध्यामा धुलिखेलका सबैजसो होटेलहरू भरिएको क्षेत्रीय होटेल एसोसिएसन काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजूले बताए ।

333
नीरज पिठाकोटे
बिहिवार, पुष १७, २०७६

जनवरी १ तारिक अंग्रेजी नयाँ वर्ष २०२० सुरुसँगै नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्षमा वीरगन्ज नाकाबाट भित्रिएका पर्यटकलाई पूmलमालाले स्वागत गर्न अध्यागमन कार्यालय वीरगन्जले पूmलमाला तयार गरेर राखेको थियो । तर, भ्रमण वर्ष सुरु भएको दिन एकजना पनि विदेशी नागरिक वीरगन्ज नाकाबाट नभित्रिएपछि माला त्यसै कार्यालयमा थन्कियो । वीरगन्ज नाका भएर भारतीय पर्यटकहरू मात्रै बढी आउने गरेका छन् । तर, नेपाल र भारत सीमा नाका र आवतजावत सामान्य भएकाले उनीहरूलाई पर्यटकमा गनिदैन ।

282
दिपक बोहरा
बिहिवार, पुष १७, २०७६

भ्रमण वर्ष २०२० लाई सफल बनाउँदै मध्यपहाडी जिल्लाको प्रचार गर्न पाँचथरका युवाले पाँचथरको चिवाभञ्जाङबाट बैतडीको झुलाघाटसम्म मोटरसाइकल यात्रा सुरु गरेका छन् । भ्रमण वर्ष २०२० को पहिलो दिन पाँचथरको चिवाभञ्जाङबाट यात्रा सुरु हुने यात्रा टोलीले बताएका छन् । मोटरसाइकलमा नेपालको भण्डा र भ्रमण वर्षको लोगी र प्रचार सामग्रीसहित यात्रा सुरु गएिको यात्रा टोलीले बताएका छन् ।

327
गोपाल पोखरेल
बिहिवार, पुष १७, २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर चौदण्डीगढी घुम्न आउन पर्यटकलाई निम्ता गरेको छ । गढीसम्म पुग्ने सडक यातायात, बस्नका लागि होटल, विद्युत्, सञ्चारलगायतका पर्यटकका लागि आवश्यक पूर्वाधार तयार भएको बताउँदै नगरपालिकाले चौदण्डीगढी घुम्नका लागि पर्यटकलाई निम्ता गरेको हो ।

306
दीपेन्द्र थापा
बिहिवार, पुष १७, २०७६

नेपाल भ्रमण वर्ष २०२० को बुधबार भव्य कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । राष्ट्रिय र क्षेत्रीय स्तरमा संघीय र प्रादेशिक सरकारले मुलुकका विभिन्न स्थानमा भ्रमण वर्षको विधिवत शुभारम्भ गरेका हुन् । काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरी उद्घाटन गरिन् । विभिन्न झाँकी र साँष्कृतिक कार्यक्रमपछि उनले विधिवत उद्घाटन गरेकी थिइन् ।

313
कारोबार संवाददाता
बुधवार, पुष १६, २०७६

पूर्व पर्यटनमन्त्रीद्वय आनन्दप्रसाद पोखरेल र दिलनाथ गिरी, र नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास दिलाएका छन् । भ्रमण वर्षको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले भ्रमण वर्ष भव्य रूपमा सफल हुने स्पष्ट पारे ।

400