अमरराज आचार्य
शुक्रवार, माघ २४, २०७६

जिल्लामा पर्यटन प्रवद्र्धन गर्नेका लागि भौतिक निर्माणका लागि करिब १२ करोड लगानी गरिने भएको छ । चालू आर्थिक वर्ष २०७६÷७७ मा यो रकम खर्च गर्ने थालिएको हो । जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरूको भौतिक विकास तथा पार्क निर्माण, सांस्कृतिक डबली, बगैंचा, निर्माणमा यो रकम खर्च गरिने भएको छ ।

243
मनोरञ्जन शर्मा
बिहिवार, माघ २३, २०७६

लामो समयपछि ग्रेटर लुम्बिनीबारे बहस सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा मात्रै ध्यान दिँदा अन्य बौद्ध सम्पदाहरू तिलौराकोटा, कुदान, रामग्राम, देबदह जस्ता अति महत्वपूर्ण क्षेत्रहरू ओझेलमा परेको र विकास पनि हुन नसकेको अहिलेको अवस्थामा लुम्बिनीसहित सबै स्थानको एकीकृत रूपमा विकास गर्दै सरकार अघि बढ्नुपर्ने माग स्थानीय सरोकार वालाहरूको । एकीकृत रूपमा बृहत्तर लुम्बिनीको विकास आवश्यकता रहेको भन्दै स्थानीयहरूले दबाब पनि सिर्जना गर्न थालेका छन् ।

376
कारोबार संवाददाता
बिहिवार, माघ २३, २०७६

नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट विदेशी पर्यटक भित्र्याउनका लागि स्वदेशमा मात्रै होइन, विदेशमा पनि प्रचार प्रसारलाई व्यापक बनाइएको छ । सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेर नेपाल भ्रमण वर्षको प्रचार प्रसार गरेर फर्किएका छन् । त्यस्तै निजी क्षेत्रबाट पनि भ्रमण वर्ष सफल पार्नका लागि तथा नेपाली संस्कृति र सम्पदालाई विदेशमा प्रचार प्रसार गर्न एसएपी इन्टरटेण्टमेण्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेशन अफ हेरिटेज २०२० को आयोजना हुने भएको छ ।

343
रोशन थापा
बिहिवार, माघ २३, २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरूको पूर्वाधार विकासका लागि पाँच वर्षमा ३ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा पूर्वाधार विकासका लागि पाँच वर्षमा ३ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको हो ।

548
सागर परियार
मंगलबार, माघ २१, २०७६

तातोपानी गाउँपालिका–५ निवासी युवा टंक नेपालीले गत वर्ष भदौमा प्याराग्लाइडिङको परीक्षण उडान गरे । आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने लक्ष्यका साथ नेपालीले प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि व्यावसायिक उडान गर्ने योजना थियो । युट्यब हेरेरै प्याराग्लाइडिङ निर्माण गरेका उनले जुम्लामा पर्यटकलाई प्याराग्लाइडिङ गराउने धोको अधुरै रहेको छ ।

968
कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६

पूर्वीभूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला ईएमआईटीटीको २४ औं सस्ंकरण मेला इस्तानबुल, टर्कीमा सम्पन्न भएको छ । उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसावले फलदायी भएको छ, जहाँ नेपालले टर्कीका दर्शकहरुलाई विभिन्न पर्यटकीय गन्तव्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा प्रदान गर्ने व्यवसायीहरुले पर्यटक उत्पादनहरु प्रदर्शन गरी आफ्नो बलियो उपस्थिति जनायो । नेपालले र इएमआईटीटी २०२० को सबैभन्दा व्यवस्थित स्टेडको पुरस्कार पनि प्राप्त गयो ।

315
केशव समर्पण
आइतवार, माघ १९, २०७६

भ्रमण वर्ष–२०२० लाई सफल बनाउन विभिन्न कार्यक्रम गरिरहेको बागमती प्रदेश सरकारले १० वटा पर्यटकीय गन्तव्य निर्धारण गरेको छ । १० वटा नयाँ पर्यटकीय गन्तव्य तोकी भौतिक पूर्वाधारलगायत पर्यटनसँग सम्बन्धित गतिविधि बढाउन लागिएको हो । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौं उपत्यका बाहेक दश जिल्लामा ‘एक जिल्ला एक नमुना पर्यटन गन्तव्य’को अवधारणा ल्याएको छ ।

223
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

प्राचीनकालदेखि धार्मिक महत्व बोकेको यस मन्दिर दिन प्रतिदिन जीर्ण अवस्थामा पुग्दा मन्दिरको अस्तित्व नै धरापमा पर्ने चिन्ता स्थानीयवासीहरूको छ । उक्त मन्दिरमा विशेषगरी सन्तान नभएकाहरूले सन्तानको वरमागे सन्तानप्राप्त हुने जनविश्वास रहेकाले पनि यसको धार्मिक महत्व बढी भएको पाइन्छ ल्होसेधारा बाबाले सन्तान दिनुहुन्छ भन्ने धार्मिक मान्यता रहेकोले मन्दिरको महत्व झन बढ्दै गइरहेको छ । सोही मान्यताअनुसार धेरै टाढाटाढाबाट भक्तजन तथा श्रद्धालुहरूले यहाँ आएर सन्तानको वर माग्ने गर्छन् भने कतिपयमा यहाँ आएर मागेको वर पूरा भएको जनविश्वास छ ।

359
अमरराज आचार्य
सोमवार, माघ २०, २०७६

दाङको धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल छिल्लीकोटमा पर्यटन प्रवद्र्धन गर्ने भ्यूटावर निर्माण गरिएको छ । धार्मिक, ऐतिहासिक एवं पर्यावरणीय केन्द्रका रूपमा रहेको छिल्लीकोटमा करिब ४० लाखको लागतमा भ्यूटावर निर्माण गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको ३० लाख रुपैयाँ र जन श्रमदानबापतको ९ लाख ४५ हजार ८ सय ३२ रुपैयाँ गरी जम्मा ३९ लाख ४५ हजार ८ सय ३२ रुपैयाँको लागतमा तीन तले छिल्लीकोट भ्यूटावर निर्माण गरिएको भ्यूटावर निर्माण समितिका अध्यक्ष परवीर पुनमगरले जानकारी दिए ।

355
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

लमजुङको उत्कृष्ट रमणीय पर्यटकिय गन्तव्य भुुजुङ गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाईमा पर्न थालेको छ । गुरुङ सँस्कृति र न्यानो अतिथ्यतामा जिल्लाकै उत्कृष्ट मध्येको भुजुङ गाउँमा पर्यटकहरूको आगमन बढ्न थालेको हो । साविक एक गाउँ एक गाविसको रुपमा चर्चा पाएको जिल्लाको पर्यटकिय भुजुङ गाउँले ग्रामिण पर्यटन प्रवद्र्धनमा दुई दशक अघिदेखिनै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेको हो ।

362
मनोरञ्जन शर्मा
सोमवार, माघ २०, २०७६

सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख बिदेशी पर्यटक नेपाल भित्रयाउने लक्ष्य राखेको भए पनि स्थलमार्ग भै सबैभन्दा बढी पर्यटक आउने भैरहवा नाकाबाट बिदेशी र भारतिय पर्यटक आगमन कम भएको छ । स्थलनाका हुदै प्राय बिदेशी र भारतिय पुग्ने बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यटक गत बर्षको जनवरी महिनाको तुलनामा २०२०को जनवरीमा पर्यटक घटेका छन् ।

697
मुकेश चौधरी
सोमवार, माघ २०, २०७६

सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० शुरु भएको एक महिनामै पर्यटनका गतिविधि सुस्ताएको छ । सुदूरपश्चिम प्रदेशमा पनि जनवरी १ तारेखमा भव्य रुपमा भ्रमण वर्षको उद्घाटन गरिसकेपछि प्रदेशमा पर्यटनका कुनै पनि गतिविधि हुन नसकेको हो । प्रदेशको पर्यटन प्रबद्र्धन समितिले उद्घाटनपछि बैठक बसी उद्घाटनको समिक्षा गर्दै वर्षभरि गरिने कार्यक्रमको योजना बनाउने जनाएको थियो । तर भ्रमण वर्षको पहिलो महिना समितिको बैठक नै नबसी सकिएको छ ।

454
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा पर्यटक आकर्षित गर्न गीत संगीतको प्रयोग गरिएको छ । कला, साहित्य र संगीतबाट छिटो प्रभाव पर्ने भन्दै स्थानीय सरकार, सञ्चारमाध्यम लगायतहरूले पर्यटकीय गन्तव्यको वर्णन गर्दै गीत सार्वजनिक गरेका छन् । शब्द र दृष्यमार्फत सिन्धुपाल्चोकको चिनारी झल्कने गरि भ्रमण वर्ष लक्षित गीत बजारमा ल्याइएको छ । सिन्धुपाल्चोकमा मात्रै भ्रमण वर्ष लक्षित पाँच वटा गीत विभिन्न यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । संगीतमार्फत पर्यटकीय गन्तब्यको प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यका साथ गीत सार्वजनिक गरिएको निर्माण पक्षको दावी छ ।

529
कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पदबहाली गरे । बोर्ड सचिवालयमा बिहीबार सीईओ रेग्मीले जिम्मेवारी सम्हालेका छन् ।

862
लक्ष्मीप्रसाद सापकोटा
शुक्रवार, माघ १७, २०७६

पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षण गरिएको हो ।

824