कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

३९ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न पर्यटन संघसंस्थाहरुको सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले टुरिजम र डिजिटल ट्रान्फर्मेसन भन्ने नाराका साथमा हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीबाट ककनी मेमोरियल पार्कबाट सुरु भई शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै सूर्यचौर पुग्ने नयाँ पैदलयात्रा पदमार्गको उद्घाटन पनि उक्त अवसरमा गरिएको थियो ।

1600
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको छ । पोखरामा पर्यटनको प्रचुर सम्भावना देखेर गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस्तो तयारी गरेको हो ।

981
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

हवाई मार्गबाट आउने पर्यटकलाई देशभरका २ हजार होटलमा तीन दिनसम्म २० प्रतिशत छुट दिइने भएको छ । होटल संघ नेपाल (हान) ले विश्व पर्यटन दिवस २०१८ सेप्टेम्बर २७ का दिन नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि सम्पूर्ण सदस्य होटलबाट खानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

829
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

एक वर्षभित्रै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्यका लागि नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्ने काम सुरु भएको छ । बुद्ध एअरले आगामी जनवरीबाट नेपालगन्ज–दिल्ली हवाई उडान सुरु गर्ने जानकारी गराएपछि सोही उडानको तयारीका लागि विमानस्थलको स्तरोन्नति सुरु गरिएको हो ।

2217
रासस
बुधवार, आश्विन १०, २०७५

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन् । 

1141
सागर परियार
बुधवार, आश्विन १०, २०७५

सभामुख कृष्णबहादुर महराले नेपालको सामाजिक विकास र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र बलियो आधार भएको बताए । नेपालका पर्यटन सम्भवानालाई अवसरमा बदल्नका लागि आबश्यक पूर्वधारको विकासमा जोड दिनुपर्ने संघीय सभाका सभामुख महराको भनाइ छ । सरकारले पर्यटन विकासका लागि आवश्यक लगानी बढाउनुपर्ने, भन्दै विधागत पत्रकारिताले पर्यटन क्षेत्रको प्रचार–प्रसारमा टेवा पुग्नेमा जोड दिए ।

1206
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

कालिञ्चोक केबलकारको परीक्षण सफल भएको छ । मुलुकको तेस्रो केबलकारका रूपमा स्थापना भएको केबलकार प्रारम्भिक परीक्षणमा सफल भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको केबलकारले पहिलो चरणको परीक्षण पास गरेको हो ।

2739
रासस
बुधवार, आश्विन १०, २०७५

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एसियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

1381
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

करिब १० अर्ब रुपैयाँको लागतमा पोखरादेखि पर्वतसम्म जोड्ने केवलकार निर्माण हुने भएको छ ।

2761
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पाँच वर्षयता चर्चामा रहेको स्वर्गद्धारी विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ । स्वर्गद्धारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा बिमानस्थल वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्य प्रक्रियागत रूपमा अघि बढेको हो ।

1372
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

सन् २०१८ को ८ महिनामा ६ लाख ८० हजार ९ सय ९६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ यो अवधिमा ५ लाख ७६ हजार ३२२ मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

1284
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

रारा ताललाई अधिकांशले धार्मिक तिर्थस्थलका रुपमा मान्ने गरे पनि राराताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन् । राष्ट्रिय निकुञ्ज घोषणा हुनुपहिले विक्रम संवत् २०३२ साल अगाडि रारामा रहेको छापु्र बस्तिका स्थानीयले देवी देवताको पूजापाठ गर्ने, मठमन्दिरको संरक्षण गर्ने गरे पनि निकुञ्ज घोषणा भएपछि बस्ति पनि सर्दा देवीदेवताका मठमन्दिर ओझेलमा परेका छन् ।

1270
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।

1121
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थान धनुषा जिल्लाको धनुषाधाम पर्यटन प्रवद्र्धनका लागि राम्रो वातावरण रहेको छ । यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरूको उचित संरक्षण, संवद्र्धनका लागि प्रचार–प्रसार नहुँदा दिनप्रति दिन ओझेलमा पर्दै लोप हुने खतरामा पुगेको छ ।

1644
दिननाथ बराल
आइतवार, आश्विन ७, २०७५

स्याङजाको फेदीखोला गाउँपालिका–२ मा रहेको भालु पहाडलाई अब टुरिजम स्पोटर्सको रुपमा विकास गरिने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेदीखोला गाउँपालिकाले बृहत् गुरुयोजना सहितको टुरिजम स्पोटर्सका रूपमा विकास गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

2068