कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

पर्यटनलाई कार्यक्षेत्र वनाएर कानुनको अभ्यास गरिरहेका कानुन व्यवसायीहरुको संगठन टुरिजम लयर्स फोरमले नेपालको कर प्रणालीमा भएका कानुनी प्रावधानको विषयमा प्रशिक्षण तथा अन्तरकृयात्मक कार्यक्रम गरेको छ ।

1458
केदार दाहाल
बुधवार, आश्विन १७, २०७५

नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै चीनबाट भित्र्याएको वाई–१२ ई जहाज ४ वर्षपछि बल्ल सो क्षेत्रमा उडाउने तयारी थालेको छ । सो जहाजबाट दुर्गम क्षेत्रमा उडानको लागि अनुमति माग्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निगमले पत्र लेखेको छ । निगमले अनुदान तथा सुलभ ब्याजदरको ऋणमा खरिद गरेर वाई–१२ ई लगायतका चिनियाँ जहाज ल्याएको हो ।

2079
केदार दाहाल
मंगलबार, आश्विन १६, २०७५

सरकारलाई प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल सुरु गर्न संसदीय समितिले निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विमानस्थल निर्माणमा संलग्न निकायहरूसँग छलफल गर्दै निर्माण कार्यमा ढिलाई नगर्न निर्देशन दिएको हो । सोमबार भएको छलफलमा सहभागी सांसदहरूले वातावरणीय विषय र चासोलाई समेत ख्याल गरेर राष्ट्रिय गौरवको आयोजनालाई छिटो सम्पन्न गर्नेगरी प्रक्रियालाई अगाडी बढाउन निर्देशन दिएको हो ।

1339
रासस
सोमवार, आश्विन १५, २०७५

पोखरास्थित गण्डकी प्रदेश सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सङ्ग्रहालयमा मुलुकका विभिन्न आदिवासी जनजातिका सांस्कृतिक पहिचान झल्किने पोशाक, गरगहना, भाडाकुँडाका र गोर्खाली सेनाद्वारा नेपाल एकीकरणको समयमा प्रयोग गरेका हातहतियार छन् ।

1417
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

पछिल्लो समय गाउँ पर्यटनको प्रर्वद्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन् । होम स्टे मार्फत गाउँ पर्यटनको प्रर्वद्धन सुरु गरेयता धेरै नयाँ गन्तव्यहरू देशभर विस्तार हुन थालेका छन् । प्रत्येक वर्ष गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले प्रत्येक वर्ष तीन वटा गाउँलाई गन्तव्य घोषणा गर्ने र प्रवद्र्धन गर्ने गरेको छ ।

2683
मेगराज खड्का
सोमवार, आश्विन १५, २०७५

नयाँ संरचनाअनुसार नेपालकै कान्छो जिल्ला रुकुम पूर्वमा पर्ने भूमे गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा ऐतिहासिक स्थलहरू धेरैको संख्यामा छन् ।

2895
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

प्रतिनिधि सभाका सदस्य एवं नेकपा पार्टीका सांसद रामवीर मानन्धरले बालाजु–तारकेश्वर क्षेत्रलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनाउने सरकारको लक्ष्यमासाथ दिन सम्बन्धित निकाए र स्थानीयवासीलाई आग्रह गरेका छन् । शनिबार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको दोस्रो वार्षिक साधारणसभामा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन् ।

1163
केदार दाहाल
सोमवार, आश्विन १५, २०७५

राजीनामा दिएर स्वीकृत भएको ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनः जागिरमा फर्काइएको तथ्य खुलेको छ । बरालले २०७१ चैत १५ गते बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापालाई बुझाएको पत्रमा २०७२ वैशाख १४ गतेदेखि लागू हुनेगरी राजीनामा गरिएको उल्लेख छ ।

1653
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

साइकल लिएर सन्दकपुर ! हिउदको समयमा गाडी चढेर सन्दकपुर पुग्नेलाई त कल्पनै गर्दा पनि कहाली नै लाग्ला, मोटरसाईकल लिएर सन्दकपुर पुग्नेहरु पनि साइकलमा सन्दकपुर जाने कल्पना मात्रै सायद गर्छन् ।

1225
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा आउने नेपालीले हवाई टिकट पाउन छोडका छन् । निजी वायुसेवा कम्पनीले विदेशी पर्यटक बोक्दा बढी मूल्य पाउने भएकाले पनि नेपालीले टिकट पाउन छोडेका हुन् ।

1241
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

तेन्जिङ हिलारी एभरेस्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथनका आयोजक हिमालय एक्सपीडीसन्सले बिहीबार ललितपुरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ३९ औं विश्व पर्यटन दिवस मनाएको छ ।

1109
मनोरञ्जन शर्मा
शुक्रवार, आश्विन १२, २०७५

पहिलो पटक एसिया महादेश घुम्ने उद्देश्य राख्दै भारतबाट स्थलमार्गको बेलहिया हुँदै नेपाल भित्रिएका जर्मनी नागरीक जनिश बिगेनिन र लिसा डिच्ज बिहीबार बिहानै सिमानाकामा नेपालीहरूले गरेको भव्य स्वागतबाट अचम्मै परे ।

1405
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन् ।

1098
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमानमा अनियमितताको आशंका गर्दै आएको संसद्को सार्वजनिक लेखा समितिले महालेखा परीक्षक टंकमणि शर्मासँग छलफल गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीदमा अनियमितता भएको भन्दै प्रतिवेदन सार्वजनिक गरिसकेकाले यस विषयमा शर्मासँग छलफल गर्ने निर्णय गरेको हो ।

1751
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।

1072