रेशमराज रोकाया
बुधवार, आश्विन २४, २०७५

चीनमा रहेको मानसरोवर कैलाश तीर्थयात्राको समय यो वर्षका लागि सकिएको छ । सबैभन्दा सहज मानिएको मानसरोवर कैलाशको यात्रा विशेष गरी भारतीय नागरिकले यो नाकाबाट यात्रा गर्ने गरेका छन् । नेपालगन्ज र सुर्खेतबाट हवाई यात्रापछि सिमकोट विमानस्थलबाट हिल्सासम्मको हेलिकोप्टर यात्राबाट चीनको स्वशासित क्षेत्रमा तीर्थयात्री प्रस्थान गर्ने गरेका छन् ।

1111
केदार दाहाल
बुधवार, आश्विन २४, २०७५

बुद्ध एयरलाई नेपालगन्ज–दिल्ली उडान अनुमति दिन भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अस्वीकार गरेको छ । बुद्ध एयरले एटीआर–७२ जहाजमार्फत नेपालगन्ज–दिल्ली दैनिक तीन उडान गर्ने घोषणा गर्दै अनुमतिका लागि उक्त विमानस्थलमा निवेदन दिएको थियो ।

4177
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

पाँचथरको सदरमुकाम फिदिमबाट बिदा मनाउने र शनिबार मनाउन जाने एउटा उपयुक्त गन्तव्य हो तमोर नदी । शनिबारको दिन तमोरमा घुम्न जाने र माछा खान जानेहरूको संख्या निकै ठूलो छ । वरिपरि डाँडा भएर उपत्यका जस्तै देखिने फिदिम बजारबाट बिदा मनाउने र फुर्सदमा घुम्न जाने कम ठाउँमध्ये धेरैको रोजाइमा पर्ने ठाउँनै तमोर नदी हो ।

1450
लक्ष्मण ढुंगाना
मंगलबार, आश्विन २३, २०७५

नेपालगन्जबाट कर्णालीका दुर्गम जिल्लामा आवत–जावत गर्ने यात्रुहरूले हवाई टिकट नपाउँदा नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् । दसैंको समयमा आउजाऊ गर्ने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, बाजुरा, मुगुलगायतका जिल्लाका यात्रुहरू टिकट नपाएर दुई सातादेखि अलपत्र परेका हुन् ।

1869
केदार दाहाल
मंगलबार, आश्विन २३, २०७५

सन् २०१८ को ९ महिनासम्ममा ७ लाख ७२ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष (२०१७) को यो अवधिमा ६ लाख ६४ हजार १ पर्यटक नेपाल भित्रिएका थिए । २०१७ को ९ महिनामा भन्दा यसवर्ष १ लाख ८ हजार ८ सय १५ बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटक संख्या झन्डै १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

1567
कृष्ण न्यौपाने
सोमवार, आश्विन २२, २०७५

सिजन शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

1499
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

पर्यटकीय नगरी पोखरामा उत्कृष्ट र गुणस्तरिय यातायात सेवा प्रदान गर्दै आएको तहल्का ट्राभल्स् एन्ड टुर्सद्वारा सञ्चालित तहल्का बसको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । विगत लामो समयदेखि सञ्चालित पर्यटकिय बस सेवा कम्पनी तहल्का पूर्ण रूपमा अटोमेसनमा गएसँगै अनलाईनबाट टिकट काट्न सकिने भएको हो ।

1664
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

1189
मेगराज खड्का
सोमवार, आश्विन २२, २०७५

रुकुम पश्चिम मुसिकोट नगरपालिकाको वडा नम्बर ७, साँखमा रहेको ठूलीदह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिकामै राम्रो पर्यटकीय क्षेत्र भए पनि त्यसको प्रवद्र्धन र प्रचारप्रसार हुन नसकेको हो । मध्यपहाडी लोकमार्गको नजिकै पर्ने जंगल छेउमा रहेको ठूली दह एकान्त जंगल र डाँडामा रहेका कारण थप आकर्षक छ । ठूली दहसँगै त्यसवरपर अन्य साना ठूला दहहरू समेत रहेका छन् ।

917
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

पर्यटन सिजन सुरु भएसँगै हिमाली जिल्ला मनाङमा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे बजारमा चहलपहल बढेको देखिन्छ । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु चामेमा एक दिन बसेर मात्र यात्रा गर्ने गरेको पाइन्छ । कारण– थकान मेट्नका साथै चामे बजार तथा आसपासको दृष्यावलोकन गर्नका लागि ।

1171
रेशमराज रोकाया
सोमवार, आश्विन २२, २०७५

हुम्लाका तालको बारेमा केही प्रचारप्रसार हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु हुन थालेको छ । विशेषगरी सिमकोट गाउँपालिकाको उत्तरमा रहेका तालमा पर्यटकको दिनहुँजसो भ्रमण र जानकारी लिन थालिएको छ । ताल संरक्षणको लागि गाउँपालिकाले विशेष पहल नगरेको भए पनि एक दिने पैदल यात्राबाट घुम्न सकिने तालमा पर्यटकको भिड दिनहुँ बढ्ने गरेको छ ।

1474
रासस
सोमवार, आश्विन २२, २०७५

ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।

1587
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

पर्यटन सिजन सुरु भयसँगै हिमालपारिको जिल्ला मनाङमा पर्यटन सिजन सुरु भएको छ । पर्यटकीय जिल्ला मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा विस्तारै पर्यटकहरूको आगमन सुरु भएको हो ।

1089
दीननाथ बराल
आइतवार, आश्विन २१, २०७५

नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप गर्ने अवसर पाएको पोखराले अन्ततः व्यवसायी र पोखरा महानगरपालिकाबीचको टकरावले गर्दा उक्त प्रतियोगिता स्याङ्जाको स्वरेक मैदानमा हुने भएको छ ।

1112
केदार दाहाल
आइतवार, आश्विन २१, २०७५

नेपाल वायुसेवा निगमले अढाई वर्षपछि सोलुखुम्बुको लुक्ला उडान पुनः सुरु गरेको छ । जहाज अभावका कारण रोकिएको लुक्ला उडान निगमले चिनियाँ जहाज वाई–१२ ई मार्फत सुरु गरेको हो । निगमले यो जहाजमार्फत शनिवार ३ वटा उडान गरेको छ । निगमले सुरु गरेसँगै लुक्ला सेक्टरमा उडान गर्ने एयरलाइन्स कम्पनीको संख्या चार पुगेको छ ।

1577

सातामा धेरै पढिएको