केदार दाहाल
बुधवार, पुष १९, २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेलाई नेपालले क्षतिपूर्ति दिन नपर्ने नेपाल मध्यस्तता परिषद्ले फैसला गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहमतिविपरित ठेक्का तोडेको भन्दै सान्जोसेले २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति मागेको थियो ।

3884
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सन् २०१७ मा पूरा हुन लागेको बताउँदै आगामी दिनमा पूर्वाधार र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताएका छन् । नेपाल पर्यटनको स्थापना भएको १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले भारत र चीननै प्रवद्र्धनका लागि मुख्य ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

1449
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

‘भू–स्वर्ग’को उपमाले परिचित क्षेत्र हो खप्तड । यसको उचाइ समुन्द्र सतहदेखि २ हजार ७ सयदेखि ३ हजार दुई सय २७ मिटरसम्मको उचाइमा अवस्थित छ । दुई सय २५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वकै एक दलदले घाँसे मैदान हो । सुदूरपहाडका चार जिल्लाहरू बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड क्षेत्र नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरूमध्येको एक हो । जसमा सयौं विदेशी तथा हजारौं नेपाली पर्यटकहरूले प्रत्यक्ष अवलोकन गरी भू–स्वर्गको व्याख्या गरिसकेका छन् ।

2677
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरामा आएसँगै पोखरामा आन्तरिक पर्यटकको संख्यामा उल्लेखनिय रूपमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । तमुहरूको पर्व तमु ल्होसार तथा अंगे्रजी नयाँ वर्षको अवसमा पोखरामा जारी पोखरा सडक महोत्सवले गर्दा पनि विदेशी पर्यटकहरूको तुलनामा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराजले बताए ।

1272
केदार दाहाल
सोमवार, पुष १७, २०७४

विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ ।

1035
केदार दाहाल
आइतवार, पुष १६, २०७४

सरकारले पूर्ण रूपमा अशक्तहरूलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । विगत लामो समयदेखि चर्चामा रहेको पर्वतारोहण नियमावली २०७४ जारी गर्दै प्रतिबन्ध लगाएको हो । तर, उमेरको विषयमा भने यस नियमावलीले केही व्यवस्था गरेको छैन । यसअघि सबैभन्दा बढी उमेरको आरोही बन्ने होडमा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्याय, मीनबहादुर शेरचनलगायतका केहीले ज्यान गुमाइसकेका छन् ।

939
केदार दाहाल
मंगलबार, पुष ११, २०७४

नेपालमा भारतीय पर्यटकको आगमन दरले पुनः लय समात्न थालेको देखिएको छ । पछिल्ला वर्षहरूमा घट्दै गए पनि सन् २०१७ मा भारतीय पर्यटकको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हुने अनुमान गरिएको छ । यसअघि २०१३ मा १ लाख ८० हजार ९ सय ७४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यसअघि २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

2197
मीनकुमार नवोदित
सोमवार, पुष १०, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै मुलुक औपचारिक रूपमा संघीयतामा प्रवेश गरिसकेको छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै आर्थिक समृद्धिका सम्भाव्यता खोजी गर्न थालिएको छ । यसै सन्दर्भमा पूर्वका पर्यटन व्यवसायीहरूले १ नम्बर प्रदेशको आर्थिक समृद्धि पर्यटनबाट मात्रै सम्भव हुने निचोडमा पुगेका छन् ।

1363
दीननाथ बराल
सोमवार, पुष १०, २०७४

क्रिसमस र अंग्रेजी नयाँ वर्ष आएपछि पर्यटकीय नगरी पोखरा ‘गुलजार’ बन्छ । विशेषगरी लेकसाइड क्षेत्र झकिझकाउ बनाइन्छ । रेस्टुरेन्टका टेबल खाली हुँदैनन् । होटलका कोठा प्याक हुन्छन् । विदेशीमात्र नभएर आन्तरिक पर्यटकको पनि ओइरो लाग्छ पोखरामा डिसेम्बर अन्तिम साता । त्यसो त डिसेम्बरलाई नेपाली पर्यटनको क्षेत्रमा अफसिजन मानिन्छ । तर, पोखराको हकमा यो लागू हुँदैन । यहाँका पर्यटन व्यवसायीका लागि त डिसेम्बर महिना कमाइ गर्ने मुख्य महिना हो ।

979
केदार दाहाल
शुक्रवार, पुष ७, २०७४

नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने दर्जनौं आयोजनाहरूमा कमसल काम गर्ने ठकेदारसँगको मिलेमतोमा गुपचुप ठेकदारलाई रकम भुक्तानी गर्ने गरेको पाइएको छ । रामेछापको मन्थली विमानस्थलको धावनमार्गको कालोपत्रे निर्माण सम्पन्न भएको दुई महिनामै भत्किएको विषय नागरिक उड्डयन प्राधिकरण नेतृत्वले गुपचुप राखेर टालटुलकै भरमा भुक्तानी दिएको खुलासा भएको छ ।

1235
प्रा. डा. हरि शर्मा
सोमवार, पुष ३, २०७४

सी एण्ड स्काई (आकाश र समुद) नियात्राका रूपमा सन् २०१७ मा अंग्रेजी भाषामा प्रकाशित मेरो तेस्रो कृति हो । सन् २०१० मा पत्नी लक्ष्मी अष्ट्रेलियाको भ्रमणमा निस्केका थियौं । त्यसै क्रममा सी एण्ड स्काईको भ्रुण तयार भयो र फर्केर आएपछि मैले ल्यापटपमा सबै वृतान्त अटाएर पाण्डुलिपीका रूपमा राख्न भ्याएँ ।

827
राजेन्द्र बस्नेत
सोमवार, पुष ३, २०७४

नेपालमा जलयात्राको प्रारम्भ सन् १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । गोराहरूले नेपाल आउने क्रममा जलयात्रा गरेको व्यवसायीहरू बताउँछन् । सन् १९७० मा नेपालीहरूले व्यावसायिक जलयात्रा प्रारम्भ गरेका हुन् । हिमालयन रिभर एक्स्पो र लामा एक्स्पोले व्यावसायिक जलयात्रा सुरु गरेको नेपाल र्याफ्टिङ एसोसिएसनका सल्लाहकार सुदीप गौतम बताउँछन् ।

1178
केदार दाहाल
सोमवार, पुष ३, २०७४

नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ रुम उपलबध रहेको र यसले वार्षिक २५ लाख पर्यटक धान्नसक्ने देखाएको छ ।

1892
केदार दाहाल
शुक्रवार, मंसिर २९, २०७४

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसंगै मुलुक अव वैधानिक रूपमा संघीय संरचनामा गएको छ । विश्वका धेरै म्ुलुकले संघीय मोडल नअपनाए पनि समृद्धि ल्याएको उदारहण छ । छिमेकी मुलुक भारतले पनि संघीय संरचनामा विकासका मोडललाई समानुपातिक ढंगले अगाडि बढाएर व्यवस्थापन गरेको छ ।

1611
केदार दाहाल
मंगलबार, मंसिर २६, २०७४

विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालो सूचीमा राख्दै आएको युरोपेली आयोगले नेपाललाई थप छलफलका लागि बोलाएको छ । गत साता आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपबाहिरका एयरलाइन्स कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । २०७० मंसिर २० देखि लगाइएको प्रतिबन्धलाई पुनः निरन्तरता दिइएको छ । सूचीमा निरन्तरता दिएको इयूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई जनवरी १५ मा छलफलको लागि बोलाएको छ ।

1465