दीननाथ बराल
शुक्रवार, भदौ १३, २०७६

पोखराको विजयपुर खोलामा रहेका दुई वटा पुलबाट निर्माण सामाग्री ल्याउन नपाएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य प्रभावित भएको छ । आयोजना निर्माणका लागि आवश्यक सामान ल्याउन नपाएपछि विमानस्थल निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । चाइनिज कम्पनीका ६ वटा ट्रक बिगत ४ दिनदेखि पोखराको गगनगौडाको सडकमै अलपत्र अवस्थामा रहेको चाइनिज कम्पनी सिएएमसीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाइँले बताए । हाल कम्पनीका ३६ टन भारवान क्षमताका गाडीहरू सडकमै रोकिन पुगेको उनले जनाए ।

533
दीपेन्द्र थापा
शुक्रवार, भदौ १३, २०७६

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको ओशाका उडान गरेको छ । नेपाल एयरलाइन्सले वाइडबडी एयरबस ३३०–२०० जहाज काठमाडौं–ओशाका–काठमाडौं उडान पूरा गर्दै बिहीबार साँझ काठमाडौं अवतरण गरेको छ । बिहान साढे २ बजे काठमाडौंबाट जापानको ओसाका उडेको विमान बिहीबार साँझ ७६ जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । काठमाडौं–जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुरानो युगमा फर्कने अपेक्षा गरिएको छ ।

508
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

दोर्दी गाउँपालिका–९ हिलेटक्सारमा व्यावसायिक होमस्टे सञ्चालन भए पनि पाहुना नपुगेपछि स्थानीय होमस्टे व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । व्यवस्थित होमस्टे सञ्चालनका लागि आवश्यक संरचना निर्माण गरे पनि गाउँमा पाहुना नपुगेपछि थप प्रचार गरिदिन आग्रह गरेका हुन् । हिलेटक्सारमा गत वैशाखमा व्यावसायिक होमस्टेको सुरुवात भएको थियो । प्राकृतिक सुन्दरतासँगै आवश्यक संरचना तयार गरी स्थानीयले होमस्टे सुरुवात गरेका थिए ।

320
दीपेन्द्र थापा
बिहिवार, भदौ १२, २०७६

आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिलाई ५० प्रतिशत हवाई शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरूले जनाएका छन् । निजी हवाई सेवा प्रदायकहरूको छाता संघठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको छ ।

352
दीपेन्द्र थापा
मंगलबार, भदौ १०, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले चालू आर्थिक वर्षभित्र मन्त्रालय मातहतका निकायले गर्नुपर्ने कार्यसम्पादनको सूची सार्वजनिक गरेका हुन् । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना मन्त्री भट्टराईले सार्वजनिक गरेका छन् ।

552
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्युट्रल’ एयरलाइन्स, यती एयरलाइन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । अमेरिकी वातावरण संरक्षण निकाय (यूएसईपीए)को एक शोधकाअनुसार एउटा सामान्य यात्रुबाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बन डाइअक्साइड ग्यास उत्सर्जन गर्छ ।

341
सागर परियार
सोमवार, भदौ ९, २०७६

गुठीचौर गाउँपालिका–१ चोत्रा गाउँका तोप्के बुढाको दैनिकी पहिला गाउँगाउँमा गएर झुम्फो, जडीबुटीको व्यापार गर्दै बित्थ्यो । कुनै रोजागरी नभएपछि गाउँगाउँमा डुल्ने तोप्के बुढा हिजोआज होमस्टे सञ्चालनमै व्यस्त छन् । उनी पाहुनालाई होमस्टेमा आकर्षण कसरी गर्न सकिन्छ भन्नेमै केन्द्रित छन् । होमस्टेमार्फत जनजाति समुदायको संस्कृतिलाई प्रचारप्रसार गरी आर्थिक भित्र्याउने तथा स्थानीय वस्तुको बजारीकरण होस् भन्ने उनको चाहना हो ।

397
मनिषा चम्लागाईँ
सोमवार, भदौ ९, २०७६

पर्यटकीय दृष्टिकोणले पूर्वी जिल्ला झापाको छुट्टै विशेषता छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगमले नेपालको पर्यटन क्षेत्रमा झापाले छुट्टै पहिचान बनाउन सफल भएको छ । ८ नगरपालिका र ७ वटा गाउँपालिका रहेको झापामा दोमुखा, अर्जुनधारा धाम, किच्चकवध, जामुनखाडी सिमसार क्षेत्र, केचना, बाँसबारी सिमसार क्षेत्र सुखानी पार्क, सतासीधाम प्रमुख पर्यटकीय क्षेत्र हुन् ।

525
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

नेपालसँग सीधा हवाई उडानका लागि छिमेकी चीनसहित अन्य चार मुलुक सकारात्मक देखिएका छन् । चीनसहित बंगलादेश, म्यानमार, दक्षिण कोरिया नेपालसँग सीधा हवाई उडानका लागि सहमत भएका हुन् । काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औं सम्मेलनका क्रम भएका छलफलमा सम्बन्धित मुलुकका अधिकारीहरूबीच यस्तो सहमति भएको हो ।

1146
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा आगामी ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने बताएका छन् । रेस्टुराँ तथा बार एसोसिएसन (रेबान) पोखराको २५ औं वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले आगामी ४ महिनाभित्र गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दाबी गरेका हुन् । उनले भने, “प्रदेशको भ्रमण वर्ष सकिन ४ महिना बाँकी छ, अब नेपालीहरूको महान पर्व विजया दशमी पर्व आउँदैछ, यस अवसरमा प्रदेश सरकारले प्रदेशका कर्मचारीलाई केही दिन बिदा दियर भ्रमर्णको प्रबद्र्धन गर्ने तयारी गरेको छ ।”

239
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

लमजुङको बेसीशहर–१, उदिपुरको गाईखुरे झरनामा क्यानोनिङ महोत्सव भएकोे छ । प्रत्येक बर्खाको सिजनमा आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने झरनामा तालिम प्राप्त खेलाडीहरूको साथमा ३५ भन्दा बढी सर्वसाधरणहरूले सशुल्क क्यानोनिङ गरेका हुन् । वातावरण सुधार तथा विकास अभियान र स्थानिय लमजुङ टेलिभिजनले क्यानोनिङ महोत्सव आयोजना गरेको हो । वर्षातको सिजनमा उदिपुर झरनामा पनि पर्याप्त पानी भएकोले क्यानोनिङ महोत्सव आयोजना गरिएको लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताए । झरनामा क्यानोनिङ गर्नका लागि स्थानिय सहित तनहुँ, पोखरा, चितवन लगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू आएका थिए । विगत चारवर्ष अघिदेखि सोही झरनामा क्यानोनिङ हुँदै आएको छ ।

273
दीपेन्द्र थापा
आइतवार, भदौ ८, २०७६

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १(भदौ १५)बाट सुरु हुनेभएसँगै विमानस्थलमा७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको हो । सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।दोस्रो चरणको “प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ, चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ,” उनले भने।

1683
मीनकुमार नवोदित
आइतवार, भदौ ८, २०७६

विराटनगर विमास्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश–१ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरूले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।

321
मनोरञ्जन शर्मा
शुक्रवार, भदौ ६, २०७६

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी या विदेशी पर्यटकहरूका लागि आकर्षण मध्येको एक हो केन्द्रीय नहरमा नौका बिहार गर्ने । पछिल्लो समय लुम्बिनी आउने पर्यटकहरूमा धेरैको रोजाइमा परेको छ केन्द्रीय नहर(सेन्ट्रल क्यानल)मा बोटिङ गर्ने । विश्व शान्ति द्वीपबाट उत्तरतर्फ म्युजियम पुग्ने बाटो तेलार पुलसम्म करिब १ हजार ६ सय मिटरको दूरीमा नौका बिहार हुने गरेको छ । लुम्बिनी आउने जो कोही नौका बिहारमा रमाउन चाहन्छन् ।

708
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । गृह जिल्ला ताप्लेजुङ जाने क्रममा उनले बुधबार विमानस्थलको अनुगमन गरेका हुन् । उनले अनुगमनपछि सम्बोधन गर्दै यहाँको विमानस्थल आवश्यक्ता भएर नै सुरु भएकाले सम्पन्न हुने बताए ।

378