कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

होमस्टेको आकर्षण बढाउन तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक होमस्टेमा स्वागतद्वार र भ्यु टावर निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टेको पूर्वधार निर्माणका लागि प्रदान गरेको १० लाख अनुदान रकम र स्थानीय श्रमदानबाट स्थानीयले पर्यटकलाई आर्कषित गाउँमा स्वागतद्वार र भ्यु टावर निर्माण गरिएको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङले बताए ।

194
सागर परियार
शुक्रवार, श्रावण १७, २०७६

कनकासुन्दरी– ६ का जुप्रे बुढा झण्डै एक दशक पहिले देखि होटल व्यवसाय गर्दै आएका छन्् । पहिला चिया चाउचाउ मात्रै बेचेरै मासिक पाँच हजार जति कमाई गर्थे । तर रारा पर्यटन वर्ष घोषणा पछि होटलको कमाई मनग्य हुन थालेको उनले बताए । त्यस्तै कनकासुन्दरी ५ का विरचन्द्र रावत ७ वर्ष पहिले होटल चलाउथे ।

465
कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६

नेपाल वायुसेवा निगमले जापानको नारिता विमानस्थलमा भदौ १६ गतेदेखि चार्टर उडान गर्ने भएको छ । निगमको वाइडबडी ३३० विमानमार्फत काठमाडौं–नारिता–काठमाडौंका लागि २ चार्टर उडान भर्ने विषयमा बिहीवार सुमेघु टुर्स एण्ड ट्राभल सँगै सम्झौता गरेको निगमले जनाएको छ ।

344
कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६

सन् २०१९को जुलाई सम्म हुम्लाको सिमिकोट हुँदै मानसरोवर यात्रा गर्ने र सो क्षेत्रमा ट्रेकिङमा जाने पर्यटकको संख्या ६ हजार ३४ पुगेको छ । अध्यागमन विभागले नेपालको पदमार्गमा जानको लागि ट्रेकिङ परमिट भिषा जारि गर्ने गरेको छ । सन् २०१८मा १० हजार ८ सय १४ पर्यटकले मानारोवर यात्रा गर्नको लागि विभागबाट अनुमति लिएका थिए । यस्तै, विभागबाट सन् २०१८ मा २८ हजार ८ सय ७०ले ट्रेकिङक परमिटको लागि अनुमति लिएका थिए ।

349
दिपेन्द्र थापा
बिहिवार, श्रावण १६, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । पाँच महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएको उक्त मन्त्रालयको जिम्मेवारी बुधबार भट्टराईलाई दिएका हुन् । पार्टीभित्र लोकप्रिय युवा नेताको छवि बनाएका भट्टराईले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएर पदभारसमेत ग्रहण गरे ।

299
दीननाथ बराल
बुधवार, श्रावण १५, २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई चौबीसै घण्टा खुला गर्नुपर्ने बताएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको हालै सम्पन्न भएको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष एवं सञ्चालकहरूको सोमबार बेलुका पोखरामा आयोजित शपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशको राजधानी तथा पर्यटनको समेत राजधानी भएकाले पोखरामा अब चौबीसै घण्टा खुला गर्नुपर्ने बताएका हुन् ।

363
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरूको संख्यामा कमी आएको हो । आव २०७४-७५ मा भरतपुर विमानस्थलबाट २ लाख ७० हजार ६ सय २६ जनाले यात्रा गरेकामा गत आवमा सो सङ्ख्या घटेर एक लाख ८७ हजार ८३८ जनाले मात्र हवाई यात्रा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७८८ यात्रु घटेका हुन् ।

297
कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६

कर्णाली पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश निर्देशनालयबाट आएको पर्यटन पदमार्गको रकम मुगु जिल्लाको खत्याड गाउँपालिका अन्तर्गत रहेको एक ठाउँमा चौपाय हिँड्न बाटोमा पर्यटन पदमार्गको रकम खर्च गरेका छन् ।

343
कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सीधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८ सय १४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो ।

338
अमरराज आचार्य
मंगलबार, श्रावण १४, २०७६

दाङमा उत्पादन गरिएको छुर्पी स्वर्गद्वारी मन्दिरबाट बिक्री गर्ने गरिएको छ । प्युठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको आम्दानी बढाउन दाङमा छुर्पी उत्पादन सुरु गरिएको हो । व्यक्त गरे ।

275
दीननाथ बराल
सोमवार, श्रावण १३, २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सन् २०१९ मनाई रहँदा आर्थिक वर्ष २०७५÷७६ मा करिब ३ लाख पर्यटक भित्र्याउन सफल भएको छ । करिब १० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भ्रमण वर्ष मनाई रहँदा प्रदेशमा गत वर्ष २ लाख ९८ हजार ९ सय ७५ जना पर्यटक भित्रिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

316
लक्ष्मण ढुंगाना
सोमवार, श्रावण १३, २०७६

नेपालगन्ज–पोखरा उडानका लागि राम्रो सम्भावना भएको भन्दै नेपालगन्जका व्यवसायीहरूले छलफल थालेका छन् । पछिल्लो समय ठूलो संख्यामा भारतीय पर्यटकहरू नेपालगन्ज नाका हुँदै भित्रिन थालेपछि उडान सञ्चालनमा समस्या नहुने भन्दै होटल अर्गनाइजेसन, बाँकेको अगुवाइमा आइतबार बृहत् छलफल गरिएको हो ।

344
रजनी श्रेष्ठ
सोमवार, श्रावण १३, २०७६

सन् २०१७ को तुलनामा २०१८ मा नेपाल आउने विदेशी पर्यटकको संख्या २४ प्रतिशतले बढेको छ ।

396
घनश्याम पौडेल
सोमवार, श्रावण १३, २०७६

पश्चिम नेपालको अर्घाखाँची आन्तरिक तथा बाह्य पर्यटकको पनि पर्यटकीय गन्तव्य बन्दै गएको छ । पश्चिम नेपालको प्रदेश नं. ५ को लुम्बिनीपछिको दोस्रो पर्यटक आवागमन बढी हुने स्थान सुपादेउराली यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य हो । कपिलवस्तुको गोरुसिंगेबाट ४७ किलोमिटर दूरीमा महाभारत पर्वत श्रृंखलाको ठूला ठूला पहाडको खोचमा प्राचिन शैलीबाट निर्मित मन्दिर सुपा देउराली अवस्थित छ ।

391
गोपाल पोखरेल
सोमवार, श्रावण १३, २०७६

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा अवस्थित उदयपुरकै प्रमुख धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र रौता पोखरी ओझेलमा परेको छ । संरक्षण, विकास र यसको महत्वको प्रचारप्रसार हुन नसक्दा जिल्लाकै एक मात्र पर्यटकीय गन्तव्य मानिने रौता पोखरी ओझेलमा परेको हो ।

235