कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर पर्यटन क्षेत्रमा गर्नुपर्ने १२ बुँदे सुधार तथा सुझाव पेस गरेका छन् ।

249
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

सरकारद्वारा गत वर्ष घोषित १ सय नयाँ गन्तव्य मध्येको पाल्पाको रानीमहलसम्म जाने सडक बाटोको बाँकी भाग यसै वर्षभित्र कालोपत्रे हुने भएको छ ।

234
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

नेपाल वायुसेवा निगमले जापान उडानका लागि एड्भान्स ग्लोबल ट्रान्सर्पोट(एजीटी) कम्पनीलाई प्यासेन्जर सर्भिस एजेन्ट (पीएसए) नियुक्त गरेको छ । निगमले आगामी भदौ १२ बाट जापानको ओसाका उडान गर्ने तयारी गरिरहेको छ ।

283
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं युरोपियन बैठक बैठक इटालीको रोममा सम्पन्न भएको छ । संयोजक शिवकुमार बरुवालको संयोजकत्वमा सम्पन्न सो बैठकले १७ बुँदे घोषणापत्र जारी गरेको छ । सो बैठकले नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि संविधान जारी भएको झन्डै ४ वर्षसम्म गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न नपाइरहेको मूल्यांकन गर्दै संविधानले व्यवस्था गरे अनुसार तत्काल स्पष्ट कानुन बनाई कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

238
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले भएका विमानको पूर्ण उपयोग गरी आम्दानी बढाउनमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टराईले सोमबार निगमको कार्यालयमा उच्चपदस्त अधिकारीहरूसँग छलफल गर्दै, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाएर व्यावसायिक उडान गर्न निगमलाई निर्देशन दिए ।

368
विप्लव काफ्ले
मंगलबार, श्रावण २१, २०७६

भरतपुर विमानस्थललाई विस्तार गर्ने प्रक्रियामा ढिलाई भएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि विमानस्थल विस्तारको योजना अलपत्र परेको हो । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा उनको निधन भएपछि भरतपुर विमानस्थल विस्तारको योजना सेलाएको थियो ।

861
मनोरञ्जन शर्मा
सोमवार, श्रावण २०, २०७६

बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या विगत ७ महिना (जनवरी २०१९ देखि जुलाई २०१९ सम्म) ८६ हजार ५ सय ३१ पुगेका छन् ।

288
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा जोड दिएको छ । अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवाका उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनमा केन्द्रित रहँदै उडान भर्न निगमले तयारी थालेको जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउनु पर्नेतर्फ निगमले सक्रियता देखाएको छ ।

234
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरूका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स– -याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

233
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

मनमोहक दृष्यले भरिपूर्ण सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतास्थित चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर अहिले धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारबाट करीब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलको टाकुरोमा अवस्थित उक्त मन्दिरमा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउन थालेका छन् ।

239
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् । २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए ।

257
सागर परियार
सोमवार, श्रावण २०, २०७६

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका ४० वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । रारा पर्यटन वर्ष घोषणा पछि कर्णालीमा बढ्दै गएको पर्यटन चहलपहललाई मध्य नजर गर्दै थप ४० नयाँ पर्यटकि गन्तव्य सार्वजानिक गरिएको हो । कर्णालीका १० वटै जिल्लामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थललाई प्रथामिकता दिदै दशै जिल्लाका पर्यटकिय सम्भावना समेटीने गरी सार्वजानिक गरिएको क्षेत्रिय होटल संघका सदस्य दिल बहादुर महतले जानकारी दिए । महत जुम्लाका होटल व्यवसायी हुन् ।

246
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

नेपालका पर्यटक क्षेत्रको मुख्य गन्तव्य मुगु जिल्लाको रारा ताल अर्थात महेन्द्र तालमा १२ महिनामा १२ हजारभन्दा बढी पर्यटक घुम्न आएको एक रेकड देखिएको छ । रारा राष्ट्रिय निकुञ्जको आव ०७५।७६ को वार्षिक रेकर्डअनुसार रारातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनहरूको रेकडअनुसार एक वर्षमा १२ हजार २ सय १४ जना छ । रार घुम्न आउर्ने पर्यटकमध्ये सार्कमूलक देशबाट ४४ जना अन्य मुलुकबाट ४ सय १४ जना र आन्तरिक नेपालभित्र रहेका आन्तरिक रारा घुम्न आउर्ने बिभिन्न जिल्लाबाट र विशेष गरी छिमेकी जिल्ला जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, बाजुर जिल्लाबाट शैक्षिक भ्रमणमा विद्यार्थीहरू घुम्न आउर्ने गरेको रारा राष्ट्रि निकुञ्जका निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताएका छन् ।

315
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरूका कानुनी उत्तराधिकारी हकवाला निजहरूमा आश्रित पीडित आमाबाबुले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी मुद्दा दायर गरेका छन् । दुर्घटना भएको १६ महिना अवधि व्यतित भइसके तापनि कम्पनीकोतर्फबाट अन्तर्राष्ट्रिय कानुनबमोजिम माग दाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरूले न्यायालयमा मुद्दा दायर गरेका हुन् ।

189
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

करबाकेली पदमार्गअन्तर्गत जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । गाउँको भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुबिधाका लागि स्थानीय बासिन्दाहरूले सामुदायिक पाहुनाघर बनाएका हुन् । समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित फलामेडाँडालगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीय स्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

178