देवराज गुरुङ
शुक्रवार, फाल्गुन ३०, २०७६

सरकारद्धारा आव २०७५-७६ मा घोषित १ सय पर्यटकीय गन्तव्यका लागि दोस्रो किस्ताबापत दिइने रकमका लागि शुक्रबार (फागुन ३० गते) सम्मको समय सुविधा दिइएको छ । पर्यटकीय गन्तव्य क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि छनोट भएका पर्यटकीय गन्तव्यअन्तर्गतका स्थानिय तहले माग फारम बुझाउनुपर्ने म्याद दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रथम किस्ताबापत गत भदौ २४ गतेको निर्णयबमोजिम सम्बन्धित स्थानीय तहमा पुस २५ गते मार्गदर्शनसहित बजेट उपलब्ध गराएको थियो ।

508
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदुर संगठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण देखाउँदै श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएकाले दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजगारी खोस्ने काम कोही कसेले नगर्न चेतावनी दिएको हो ।

356
रासस
बुधवार, फाल्गुन २८, २०७६

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु संख्या घटे पनि जहाजको उडान संख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

326
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले मंगलबारदेखि लागू हुने गरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

300
विपेन्द्र कार्की
बुधवार, फाल्गुन २८, २०७६

कोरोना भाइरसको प्रभाव विश्वव्यापी भइरहँदा नेपालमा भने पर्यटन क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित छ । देशका मुख्य पर्यटकीय क्षेत्रहरू खाली छन्, अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन् भने होटलका कोठाहरू पनि केही सातादेखि सबैजसो खाली छन् । नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय प्रवद्र्धन स्थगित गरिए पनि भ्रमण वर्षको घोषणा फिर्ता भएको छैन । यसरी पर्यटन क्षेत्र दुर्घटनाको सँघारमा रहेका बेला यसलाई बचाउन समयमै पाइला नचाल्ने हो भने मुलुकको अर्थतन्त्रले नै ठूलो क्षति बेहोर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

349
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

हेटौंडा- बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने योजना निर्माण गरेको छ ।

174
मनोरञ्जन शर्मा
सोमवार, फाल्गुन २६, २०७६

शुक्रबार बेलुका ३ इटाली पर्यटकलाई भारतीय अध्यागमन विभागले प्रवेश गर्ने अनुमति दिएन । उनीहरू नेपाल भ्रमण गरी स्थलमार्गको बेलहिया नाका हुँदै भारततर्फ लागेका थिए । स्थलमार्ग हँुदै करिब १ महिनाअघि नेपाल प्रवेश गरेका उनीहरूलाई भैरहवा बेलहियास्थित नेपाल अध्यागमनले भारत जान डिपार्चर(प्रस्थान) छाप लगाइदिए पनि भारतको सुनौली अध्यागमनले कोरोना प्रभावित देशका पर्यटक भन्दै प्रवेश(एराइभल) छाप नहानेपछि उनीहरू पुनः नेपालनै फर्किएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ ।

219
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

धार्मिक आस्थाको ऐतिहासिक केन्द्रविन्दु । रमणीय तथा आनन्दित क्षेत्र । पर्यावरणीय हिसाबले सुन्दर, प्यूठानसँगै छिमेकी जिल्लाका हिमश्रृंखलाको आकर्षक दृश्यहरुको अवलोकन गर्न सकिने । यस्तै विधिताले भरिपूर्ण र परिचित छ स्वर्गद्वारी । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिकामा छ स्वर्गद्वारी । पहाडको टाकुरामा वरिपरि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यही बाटो भएर गएको किम्वदन्तीले पनि स्वर्गद्वारीको गरिमा थप बढेको पाइन्छ ।

289
मीनकुमार नवोदित
सोमवार, फाल्गुन २६, २०७६

पछिल्लो समय प्रदेश–१ मा पर्यटन क्षेत्रमा लगानी थपिने क्रम बढ्दै गएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सप्तकोशी नदीमा जेटबोट सञ्चालन भइरहेको छ । यसैक्रममा सुनसरी र धनकुटाको सीमामा अवस्थित पर्यटकीय क्षेत्र भेंडेटारबाट जिपलाइनसमेत सुरु भएको छ ।

143
रासस
मंगलबार, फाल्गुन २७, २०७६

विगत ६ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको छ । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् ।

290
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका स्याँगेमा पर्यटक लक्षित जिपलाइन निर्माण भएको छ । मस्र्याङ्दी गाउँपालिका–४, साविक ताघ्रिङको स्याँगेमा साहासिक पर्यटकहरूका लागि आकर्षण गर्ने उद्देश्यसहित जिपलाइन निर्माण भएको हो । करिब पाँच लाख रुपैयाँ लगानी रहेको उक्त जीपलाइन निर्माणको अन्तिम चरणमा पुगेको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । निर्माण सम्पन्न भएसँगै एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरीने गाउँपालिकाले जनाएको छ ।

351
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६

जापान: नेपालबाट जापान आउँदा चीन तथा दक्षिण कोरिया हुँदै आउने सबैलाई जापानले अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ । जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरियासहित हङकङ, मकाउलगायत देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम सोमबारबाट लागू गरेको छ ।

502
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६

सरकारी स्तरबाट गौतमबुद्ध विमानस्थलमा कोरोना भाइरससम्बन्धी हेल्थ डेस्क सञ्चालनमा ल्याउने निर्णय भएको ४० दिन बितिसक्दा पनि स्थापना हुन नसकेपछि निजी क्षेत्रबाट सञ्चालित बुद्ध एयरले आफैं आप्mना यात्रुहरूको तापमान परीक्षण गरेर मात्र बोर्डिङपास दिन सुरु गरेको छ ।

358
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६

सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

305
रासस
आइतवार, फाल्गुन २५, २०७६

स्वभावैले विदेशी यात्रुको आवत–जावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्छ । के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकि नेपालजस्तो विकासोन्मुख देश मात्र होइन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेटाउन सकेका छैनन् । त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

546