कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ ।

340
दिपक बोहरा
सोमवार, भदौ २, २०७६

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको उच्च लेकाली क्षेत्र हो तिम्बङु पोखरी । हिमाललाई नजिकबाट जिस्काइरहेको जस्तो देखिने यो पोखरी धार्मिक क्षेत्रसमेत हो । समुद्र सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बङु पोखरी भ्रमणको सिजन सुरु भएको छ । नेपाल भारत सिमाना नजिक रहेको तिम्बङु पोखरी अनुपम प्राकृतिक सुन्दरता, उच्च पहाडी रमणीय क्षेत्र, हिमालका टाकुरालाई सामुन्नेमा हेर्न सकिने धार्मिक महिमाले अब्बल मानिन्छ ।

492
प्रगति ढकाल
सोमवार, भदौ २, २०७६

काठमाडौं लाजिम्पाटका सुदर्शन थापा जब बिदाको दिन आउँछ, शिवपुरी गुम्न जान खुब मन पराउँछन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै, त्यहाँको मनोरम दृष्य हेर्दा निकै रमाइलो लाग्छ उनलाई । शिवपुरीको प्राकृतिक सौन्दर्य, चिरबिर–चिरबिर चराको आवाजले स्वर्गीय आनन्द आउने बताउँछन् उनी ।

335
दिपेन्द्र थापा
सोमवार, भदौ २, २०७६

५६ औं डाइरेक्टर जनरल सिभिल एसोसिएसन एसिया प्रशान्त क्षेत्रमा (५६ औं डीजीसीए कन्फ्रेन्स) (आज) सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । ‘क्षमताको सीमितता सम्बोधनका लागि साझा प्रयास’ भन्ने नारासहित भदौ २ देखि ६ गतेसम्म ५ दिन चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा ४६ राष्ट्रमध्ये ३४ राष्ट्रको सहभागिता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

285
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

तनहुँको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र छाब्दी बाराही मन्दिरलाई एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटनको रूपमा विकास गर्ने लक्ष्यले गुरुयोजना तयार भएको छ । व्यास नगरपालिका–१४ मा पर्ने छाब्दी बाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गरी समुदायलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने लक्ष्यका साथ गुरुयोजना तयार गरिएको छाब्दी बाराही विकास कोषका अध्यक्ष धनबहादुर थापाले जानकारी दिए ।

259
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

मुलुकको हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज नै बढी चुनौतीका रूपमा देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले हेलिकप्टर र ५.७ टनमुनिका साना जहाजबाट सुरक्षा चुनौती रहेको जनाइएको छ ।

415
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

पोखरामा प्याराग्लाइडिङ दुर्घटना परी एक चिनियाँ पर्यटक घाइते भएकी छिन् । पोखरा प्याराग्लाइडिङ कम्पनीबाट बुधबार यात्रा गरेकी चिनियाँ नागरिक ६३ वर्षीया जेसानी युन्हा अवतरणको क्रममा घाइते हुन पुगेकी कास्की प्रहरीले जनाएको छ । घाइते युन्हाको मेट्रो सिटी हस्पिटलमा उपचार भएको थियो ।

178
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

दुई वर्षअघि आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले बुधबार ५ वटा अन्तर्राष्ट्रिय नयाँ गन्तव्यका लागि अनुमति पाएको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले कारोबारसंग भने, “भारतका ४ वटा सहर र बंगलादेशको एउटा सहरमा उडानका लागि अनुमति पाएका छौं, बुधबारै पत्र पनि बुझ्यौं ।”

190
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलेभन्दा सुधार भइरहेको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताए । चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताए ।

159
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको हवाई क्षेत्रलाई ईयूले असुरक्षितको सूचीबाट हटाउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा भट्टराईले हवाई सुरक्षामा अन्य देश नेपालभन्दा कमजोर रहेको र आपूmले ईयूका पदाधिकारीसँग कुरा गरिसकेकाले समाधान छिट्टै हुने बताएका छन् ।

408
सागर परियार
शुक्रवार, श्रावण ३१, २०७६

कर्णालीमा धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनको एक सम्भावना बोकेको क्षेत्र हो । पर्यटनसँगै कर्णालीमा धार्मिक पर्यटनको सम्भावना पनि उत्तिकै छ । त्यस्तै कर्णालीको प्रसिद्ध दानसाँघु त्रिवेणी धाम तीर्थस्थल संरक्षण सम्बद्र्धनको अभावमा ओझेलमा परेको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन बिहानैदेखि स्नान गर्ने तीर्थालुहरूको भीड हुन्छ भने धार्मिक मेलासमेत लाग्छ । “त्यहाँ छायानाथ, मुक्तिनाथलगायतका तीर्थस्थलमा गएकाहरू दानसाँघुमा रक्षा बन्धन तथा जनैपूर्णिमाका दिन अनिवार्य पुग्छन् भने दानसाँघुमा स्नना नगरेसम्म देवता शुद्ध हुँदैनन्,” संस्कृत विद् रमानन्द आर्चाय भन्छन् ।

278
दिपेन्द्र थापा
बिहिवार, श्रावण ३०, २०७६

दुई वर्षअघि आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले बुधबार ५ वटा अन्तर्राष्ट्रिय नयाँ गन्तव्यका लागि अनुमति पाएको छ ।

379
दिपेन्द्र थापा
बुधवार, श्रावण २९, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा देखिएको चाप कम गर्न सरकारले तीन विकल्प अघि सारेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साना विमानको लागि पहिलो प्राथमिकतामा काभ्रेको धुलिखेलनजिक ठूलीचौर विमानस्थल निर्माण गर्ने र त्यो सम्भव नभए उपत्यकाभित्रै नयाँ विमानस्थल निर्माणका लागि जग्गा खोज्ने जनाएको छ ।

304
रेशमराज रोकाया
मंगलबार, श्रावण २८, २०७६

कर्णाली प्रदेश सरकारको आयोजनामा पहिलो पटक हुम्ला जिल्ला अस्पतालमा हेलिप्याड निर्माण भएको छ । प्रदेशका १० वटै जिल्ला अस्पतालहरूमा हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकोे विनियोजित भएको बजेटले हुम्लामा भने हेलिप्याड निर्माण सम्पन्न भएको हो ।

319
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अवधिमा रात्रिकालीन उडानलाई प्रोत्साहन गर्न राति १२ बजेपछि उडान गर्ने वायुसेवाहरूलाई विमानस्थलमा लाग्ने नेभिगेसनल सेवा शुल्क एंव नेपाल वायुसेवा निगमवाट प्रदान गरिने ग्राउन्ड ह्यान्डिलिङ शुल्कमा सहुलियत दिनेतर्फ ठोस निर्णय गर्नको लागि निर्देशन दिएका छन् ।

279