मनोरञ्जन शर्मा
बुधवार, पुष १६, २०७६

अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर पाँच कृषि, उद्योग, व्यवसायमा मात्र नभई पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ । प्रदेश ५ सरकारले प्रदेशलाई पर्यटकीय क्षेत्रका रूपमा अधिक संभावना भएको क्षेत्रका रूपमा हेर्दै सरकारको नीति तथा कार्यक्रममा विशेष महत्व स्थान समेत दिएको थियो ।

344
मीनकुमार नवोदित
बुधवार, पुष १६, २०७६

प्रदेश राजधानी विराटनगरस्थित सहिद रंगशालामा मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको औपचारिक सुरु गर्दैन् । त्यसका लागि प्रदेश सरकारले व्यापक तयारी गरेको छ । प्रदेश–१ मा पर्यटन प्रवद्र्धन र विकासका लागि १६ वटा गन्तव्यहरू पहिचान गरिएको छ । जसमा धार्मिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यहरू छन् ।

281
लक्ष्मी सापकोटा
बुधवार, पुष १६, २०७६

मनाउन लागेको भिजन–२०२० सफल पार्नका लागि ‘टुर दि पोखरा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ‘थोपा–थोपा इन्धन बचाउन’ भन्ने मूल नाराका साथ गत शनिबार पाँचौं संस्करणको ‘टुर दि पोखरा’ कार्यक्रम सम्पन्न भएको हो । नेपाल आयल निगम, साइकल सिटी पोखरा, गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० किलोमिटर दूरीमा साइकल ¥याली गरिएको थियो । ¥यालीमा सयौं संख्यामा सहभागी भएका थिए । पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा साइकल चढ्ने अभियानलाई सघाउन साइकल सिटी पोखराले पाँचौं पटक ‘टुर दि पोखरा’ आयोजना गरेको हो ।

559
लक्ष्मण ढुंगाना
बुधवार, पुष १६, २०७६

प्रदेश ५ सरकारले भ्रमण वर्षको शुभारम्भ प्रदेशको पश्चिमी पुछारमा रहेको बर्दियावाट गर्दैछ । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बर्दियालाई पर्यटन प्रवद्र्धनमा थप पहिचान गराउन आजदेखी ‘घुम्न जाउँ बर्दिया’ नाराका साथ भ्रमण वर्षको शुभारम्भ बर्दियाको ठाकुरद्वाराबाट गर्ने तयारी थालिएको हो ।

1238
दीपेन्द्र थापा
बुधवार, पुष १६, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।

401
प्रकाश लम्साल
मंगलबार, पुष १५, २०७६

पर्सा राष्टिय निकुञ्ज आधाभार बारामा पर्यटकीय गतिविधि बढेसँगै भ्रमण वर्षको पाहुनालाई स्वागत गर्न निकुन्ज वरपर दर्जन बढी आकर्षक होटल तथा रिसोर्टहरू सञ्चालन हुने क्रम बढ्दो छ । प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने र सञ्चालन हुने क्रम बढ्दो रहेको हो ।

570
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी सिन्धुपाल्चोकका होटल, रिसोर्टहरूमा आउने पर्यटकलाई ३० प्रतिशत छुट दिइने भएको छ । १ जनवरी २०२० देखि ७ जनवरीसम्म जिल्लाका होटल तथा रिसोर्टमा उपलब्ध सबै सेवाहरूमा छुट दिइने भएको हो । सिन्धुपाल्चोकमा धेरै पर्यटक भिœयाइ नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई छुट दिइने निर्णय गरिएको छ । होटलमा खाना, आवासका साथै विभिन्न एड्भेन्चरमासमेत छुट दिइने निर्णय गरिएको जिल्लास्तरीय भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

292
दीपेन्द्र थापा
मंगलबार, पुष १५, २०७६

सरकारले नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहलाई भव्य रुपमा मनाउने भएको छ । बुधबार अर्थात जनवरी १ का दिन काठमाडौंको दशरथ रंशालामा हुने औपचारिक समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । तयारीबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष सचिवालका राष्ट्रिय संयोजक सुरज वैद्यले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रिय अभियानमा सबैको साथ सहयोग सहित २० लाख पर्यटक भिœयाउने अभियानमा होमिन आग्रह गरे ।

376
सागर परियार
सोमवार, पुष १४, २०७६

नेपाल भ्रमण वर्ष–२०२० सुरु हुन केही दिनमात्र बाँकी रहँदा कर्णालीमा उद्घाटनको तयारी तीव्र पारिएको छ । सात प्रदेशभन्दा पृथक ढंगबाट उद्घाटन गर्ने लक्ष्य राखेको कर्णाली प्रदेशका १० वटै जिल्लामा भव्य तयारी भइरहेको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहले स्वागत गेटसमेत बनाएका छन् भने उद्घाटनका लागि विभिन्न सांस्कृति झल्किने झाँक्री प्रदर्शनको तयारी भइरहेको छ ।

255
दिलबहादुर केसी
सोमवार, पुष १४, २०७६

नेपाल भ्रमण वर्ष–२०२० को सुरुवातीको अवसरमा चरिकोटका होटल व्यवसायीहरूले चरिकोट भ्रमणमा आउने पर्यटकहरूलाई छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको सुरुवातीको अवसरमा चरिकोटमा आयोजना हुने किबी महोत्सव अवधिभर होटल व्यवसायीहरूले छुट दिन लागेका हुन् । चरिकोटका होटल व्यवसायीहरूको बैठक बसी लजमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय भएको दोलखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका होटल पावनका सञ्चालक गणेशविक्रम शाहीले जानकारी दिए ।

615
प्रगति ढकाल
सोमवार, पुष १४, २०७६

सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन केही दिनमात्र बाँकी छ । नेपालमा पर्यटन विकास गर्ने लक्ष्यका साथ भ्रमण वर्षको प्रचारप्रसार भइरहेको छ । पर्यटक आगमन संख्या २० लाख बनाउने लक्ष्य पूरा गर्न संरक्षण क्षेत्रमार्फत् पनि पर्यापर्यटन वृद्धि गर्ने सरकारी लक्ष्य छ ।

543
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करिब ३० फिट चौडाइ तथा ३० फिट लम्बाइको प्रवद्र्धनात्मक सन्देशसहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृति अनावरण गरेका छन् ।

299
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष–२०२० को स्वागतको पर्खाइमा छ । प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण आधारस्तम्भ रहेको वास्तविकतालाई दृष्टिगत गरी यसको विश्व बजारीकरणलाई प्रदेशले आफ्नो प्राथमितामा राखेको छ ।

268
केशव समर्पण
आइतवार, पुष १३, २०७६

प्रदेश नम्बर ३ सरकारले भ्रमण वर्ष–२०२० को तयारी पूरा भएको जनाएको छ । इस्वी संवत् २०२० को पहिलो दिन पुस १६ गते विविध कार्यक्रम गरी भ्रमण वर्ष–२०२० को उद्घाटन गर्ने जनाइएको छ ।

364
दीननाथ बराल
आइतवार, पुष १३, २०७६

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको प्रबद्र्धन गर्न सरकारसँग नेपाल भ्रमण वर्ष तयारी समितिले ६५ करोडको बजेट माग गरे पनि १० करोड मात्र विनियोजन बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् ।

234