कारोबार संवाददाता
आइतवार, श्रावण १२, २०७६

नेपाल आयल निगमले जनकपुर विमानस्थलमा हवाई रिफ्युलिङ सेवा सुरु गरेको छ । प्रदेश–२ मा रात्रीकालीन सेवालाई सहयोग पु¥याउन उद्देश्यले निगमले पहिलो पटक सेवा सुरु गरेको हो । निगमका अनुसार रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा प्रदेश, स्थानीय सरकार र विमान कम्पनीको आवश्यकता अनुसार सेवा थालिएको हो । रिफ्युलिङ सेवाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् ।

363
दीपेन्द्र थापा
आइतवार, श्रावण १२, २०७६

नेपाली हवाई सेवाप्रदायक कम्पनीले उत्तरी छिमेकी चीनका विभिन्न गन्तव्यमा उडान गर्न पाउने भएका छन् । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा हवाई सेवा सम्झौता पुनरवलोकन भएसँगै नेपाली कम्पनीलाई पनि चीनमा उडान भर्ने बाटो खुलेको हो । यसअघि दुवै मुलुकबीच सम्झौता भए पनि चीनले नेपाली जहाजलाई आफ्नो मुलुकमा उडान अनुमति दिइरहेको छैन ।

377
दीननाथ बराल
शुक्रवार, श्रावण १०, २०७६

यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरका लागि हवाई उडान गर्ने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटकहरूको मागअनुसार यही साउन १६ देखि पोखराबाट भैरहवाका लागि सीधा हवाई उडान सेवा सुरु गरिने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

377
कारोबार संवाददाता
शुक्रवार, श्रावण १०, २०७६

सर्वाेच्च अदालतले नेपाल वायुसेवा निगमको जापानस्थित प्रतिनिधिबाट तत्काल हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले हटाउनु पर्ने कारण देखाऊ आदेशसमेत जारी गरेको छ । विगत लामो समयदेखि निगमको प्रतिनिधि भएर काम गरिसकेका एजेन्टबाट बिना कारण निगमले हटाएको भन्दै निगम व्यवस्थापनविरुद्ध आँसुका ट्राभल्स एन्ड टुर्सका सञ्चालक देवमान हिराचनले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।

479
कारोबार संवाददाता
शुक्रवार, श्रावण १०, २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक निकाय र नियमनकारी निकाय बनाउने बाटो खुलेको छ । साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन(नियामक निकाय) र नेपाल हवाई प्राधिकरण ऐन(सेवा प्रदायक) बनाउन सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई दुई संस्था बनाउनका लागि सैद्धान्तिक सहमतिको स्वीकृत लिन असार २४ गते मन्त्रिपरिषद्मा पठाएको थियो ।

362
नेगम परियार
बिहिवार, श्रावण ९, २०७६

मनाङमा नयाँ ताल पत्ता लागेको छ । चामे घर भइ अमेरिकामा बस्दै आएका व्यक्तिले गुगलमा नयाँ ताल देखे । त्यो खबर गाउँमा गरे । ताल भएको स्थान वरपरका याक, चौंरी, भेडा गोठालाहरूलाई सोध्दा ताल भएको जानकारी आएपछि चामेबाट गएको स्थलगत भ्रमण समूहले अमेरिकाबाट भनिएको खबरअनुसार नै ताल भएको पुष्टि गरेको हो ।

879
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

पर्यटकको संख्या बढे पनि यस क्षेत्रबाट हुने आर्जनमा वृद्धि हुन नसक्नु साँच्ची नै चिन्तालाग्दो विषय हो । सरकारले आउँदो वर्ष २० लाख पर्यटक नेपालभित्र्याउने मूल उद्देश्य राखेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउँदैछ । गत वर्ष अर्थात् सन् २०१८ मा झन्डै १२ लाख पर्यटक नेपाल आएपछि सरकार केही उत्साहित भएको हुनुपर्छ, तर आजसम्म सरकारको कमजोर तयारीले पर्यटन व्यवसायीहरूले भ्रमण वर्ष सफल हुनेमा नै आशंका व्यक्त गर्न थालेका छन् ।

272
मनोरञ्जन शर्मा
सोमवार, श्रावण ६, २०७६

लुम्बिनी क्षेत्रको पर्याप्त प्रचारप्रसार र प्रबद्र्धनका काम हुन नसक्दा स्थलमार्ग हुँदै नेपाल आउने भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या बढ्न सकेको छैन । पर्यटक आमगन नबढ्दा लुम्बिनी, भैरहवा क्षेत्रका पर्यटन व्यवसायीले अपेक्षा गरेअनुसार पर्यटन व्यवसायबाट आम्दानी गर्न सकेका छैनन् ।

239
सागर परियार
सोमवार, श्रावण ६, २०७६

नेपालको दस वर्षे जनयुद्धका बेला बास बस्ने, खाने, हिँड्ने, सेना तथा माओवादी लुक्ने, सेन्ट्री गर्ने र युद्धको डिजाइन बनाउने जुम्लाको स्थान हो, तिला गाउँपालिका–७ को पोर्खी गाउँ । यो ठाउँमा जनयुद्धका मुख्य कमाण्डर प्रचण्डबाहेक अधिंकाश केन्द्रीय तथा स्थानीय नेता बसेका छन् । त्यहाँका स्थानीयसँग जनयुद्धका नेताको युद्धकालीन सम्झना छ ।

163
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो ।

118
कारोबार संवाददाता
मंगलबार, श्रावण ७, २०७६

नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एयरलाइन्सले बंगलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी सातामा तीन दिन उडान सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

345
दीपेन्द्र थापा
सोमवार, श्रावण ६, २०७६

नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ । सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलव्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएकाले थप ५० करोड रुपैयाँ माग गरिएको जानकारी दिए ।

407
विप्लव काफ्ले
आइतवार, श्रावण ५, २०७६

पर्यटकलाई घुमाउने गरी नारायणी नदीमा क्रुज सिप (मिनी पानीजहाज) सञ्चालन ल्याइने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि भरतपुरले ३५ करोड खर्चेर क्रुज चलाउन लागेको हो । क्रुज सिपको बेस बनाउने काम पूरा भएको छ । दुई महिनाभित्र दुई तला थप गरेर मिनी पानीजहाजलाई पूर्णता दिन काम तीव्र बनाइएको छ । भारतबाट आएका ५० जनाको प्राविधिक दिनहुँ खटिएका छन् । यो पानी जहाजमा २ सय जना चढ्न सक्नेछन् । वर्षमा ९ महिना चल्नेछ । वर्षायामका बेला ३ महिना बन्द हुनेछ ।

392
दीपेन्द्र थापा
आइतवार, श्रावण ५, २०७६

नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गर्ने गरेकोमा त्यो रकम घटेर सन् २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ । २०१८ मा पर्यटक भने हालसम्मकै बढी अर्थात १२ लाखले नेपाल भ्रमण गरेका थिए ।

395
कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या गत वर्षभन्दा १२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गएको जनवरी–जुनसम्म ५ लाख ८५ हजार ५ सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

308