सागर परियार
सोमवार, फाल्गुन ५, २०७६

नेपाली भाषाको उद्गम स्थल सिंजा उपत्यका संघिय सरकारले छनौट गरेको सय गन्तव्यमा परेको करिब ३ वर्ष भयो । त्यस्तै कर्णाली प्रदेश सरकारले सार्वजानिक गरेको ४० पर्यटकिय गन्तव्यमा पनि सिंजा उपत्यका प्रथामिकतामा थियो । प्रदेश तथा संघिय सरकारले कर्णालीका प्राकृतिक सुन्दरता, ऐतिहासिक महोत्वका तस्बिर खुबै प्रचार गर्यो, सोहि अनुरुप भ्रमण वर्ष २०२० भित्र संघिय सरकारले २० लाख र कर्णाली सरकारले विदेशी पर्यटक मात्र एक लाख भित्राउने लक्ष्य निर्धारण गरेको छ ।

201
कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको इतिहासमै पहिलो पटक दुई प्यानलसहित निर्वाचन भएको नाट्टा गण्डकी प्रदेश अध्यक्षमा संजयकान्त सिग्देल विजयी भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको नाट्टाको ११ औं अधिवेशनमा सिग्देलले आफ्ना निकटतम प्रतिद्वन्द्वी झवि अधिकारीलाई २० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सिग्देलले ९० मत ल्याउँदा अधिकारीले भने ७० मत प्राप्त गरेका थिए ।

329
दीपक बोहोरा
सोमवार, फाल्गुन ५, २०७६

यात्राको १७ दिनपछि (माघ २ गते) म निकै आल्हादित भएँ । छुट्टै आनन्द प्राप्त भएको थियो । पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाट पुगेको थिएँ । ममात्रै होइन, यात्रामा रहेका सबै नै हर्षविभोर भएका थियौं । पाँचथरमा कार्यरत पत्रकार, व्यवसायी, राजनीतिज्ञसहितको समूहले मध्यपहाडी राजमार्गको पूर्वी बिन्दुदेखि पश्चिम बिन्दुसम्मको यात्रा गरेका थियौं, त्यो पनि मोटरसाइकलमा । मध्यपहाडी लोकमार्गको सुरुबात बिन्दु नेपाल भारत सिमानामा पर्ने पाँचथरको चिवा भञ्जाङबाट अन्तिम बिन्दु बैतडीको झुलाघाटसम्मको यात्रालाई नाम दिएका थियौं, नेपाल यात्रा ।

231
कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६

दोश्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणको विषयको सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ । आइतबार बसेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले यो मुद्दालाई पूर्ण इजासमा पठाउने आदेश दिएको हो । यो सँगै निजगढ विमानस्थलको निर्माण के हुने भन्ने विषयमा पूर्ण इजलासले आदेश जारी गर्ने छ ।

117
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरले गोसाइकुन्ड दर्शन गर्न यात्रुका लागि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले फागुन ६ देखि ९ गतेसम्म यात्रा गर्न चाहने यात्रुका लागि प्याकेज अफरमा सेवा प्रदान गर्न लागेको जनाएको छ ।

483
विप्लव काफ्ले
शुक्रवार, फाल्गुन २, २०७६

भरतपुर–२२ मा पर्यटकीय गन्तव्य थप भएको छ । भ्रमण वर्ष–२०२० का लागि १ सय गन्तव्य सूचीमा परेको पटिहानी क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ । ३ करोड लागतमा बनाइएको अम्ब्रेला स्ट्रिटको पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उद्घाटन गरे ।

364
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

लमजुङमा फागुनको अन्तिम साता दोस्रो जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, लमजुङले जिल्ला सदरमुकाम समेत रहेको बेंसीसहर नगरपालिका–९, दनाईफाँटमा महोत्सव गर्न लागेको हो । आयोजकले बुधबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

308
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

चीनको हुवेइ प्रान्तस्थित वुहान सहरमा रहेका १८० नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको जहाज शनिवार चीनतर्फ जाने भएको छ । सरकारले हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको हो ।

328
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

भारतको हवाई सेवा प्रदायक कम्पनी भिस्तारा एयरलाइन्सले नयाँ दिल्ली–काठमाडौं उडान सुरु गरेको छ । योसँगै काठमाडौं उडान भर्ने विदेशी एयरलाइन्स कम्पनी एक थपिएको छ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा उडान भर्दै आएको भिस्ताराले ५ औं अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा व्यावसायिक रूपमा काठमाडौं उडान सुरु गरेको हो ।

447
हरिश चन्द
बिहिवार, फाल्गुन १, २०७६

डोटी विमानस्थल कालोपत्रे गर्ने सम्पन्न भएको छ । निर्धारित समयभन्दा झन्डै एक वर्षपछि निर्माण सम्पन्न हुन लागेको डोटी विमान स्थल कालोपत्रे गर्ने काम अहिले आएर सम्पन्न हुन लागेको हो । विमान स्थलको पार्किङ स्थल, रनवेबाहेक विमान स्थल भरानगर्ने काम भई सकेको छ भने नाली निर्माण र तारवार लगाउने काम पनि सम्पन्न गरिसकेको छ ।

325
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालबाट गत पुस २२ गते घोषणा गरिएको ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई–मधेसका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले दिएको जानकारीअनुसार आफूहरूले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।

298
दीपेन्द्र थापा
मंगलबार, माघ २८, २०७६

नेपाल वायुसेवा निगमले फागुन १९ देखि जापानको नारितामा उडान गर्ने भएको छ ।साताको तीन उडान गर्ने गरी निगमले समयतालिका तयार पारेकोे जनाएको छ ।

387
दीपेन्द्र थापा
मंगलबार, माघ २८, २०७६

नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेपाल आउने पर्यटकको संख्या घटेको छ ।

412
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकीयस्थल मालिका धुरी छ । म्याग्दीको मालिका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सीमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा र कार्तिक पूर्णिमामा दर्शन र पूजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

438
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र बोटिङको आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताए ।

310