म्याग्दीको आकर्षण हिमाल
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
342

म्याग्दी-म्याग्दीमा दर्जनौं हिमाल छन् । तर हिमाली पहिचान भने ओझेलमा परेको छ । “हिमालै हिमाल भएर पनि म्याग्दी आफ्नो पहिचान, सुविधा र लाभबाट वञ्चित भएको छ,” धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने । हिमाल आरोहण गर्न आउने पर्यटकदेखि हिमालको स्रोत भएर बग्ने नदीनालालाई परिचालन गर्न सकेमा म्याग्दीका स्थानीय तह, प्रदेश र संघीय सरकार सञ्चालनमा सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।
म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छीलगायत थुप्रै घुम्न लायक पर्यटकीयस्थल रहेका छन् ।
म्याग्दीका हिमाल
         धौलागिरि 
         अन्नपूर्ण प्रथम
         गुर्जा हिमालड्ड निलगिरि 
         मानापाथी 
         पुथा 
         चुरेन हिमाल 

लाभबाट वञ्चित
हिमालबाट हालसम्म म्याग्दी र हिमालनजिकैका बस्तीका समुदायले लाभ लिन नसकेको धौलागिरी गाउँपालिका ४ बगराका हरिप्रसाद तिलीजाले बताए । “म्याग्दीको भूगोलमा पर्ने हिमालको खोज अनुसन्धान र पर्यटक भित्र्याउने विषयमा कसैको ध्यान पुगेको छैन्,” तिलीजाले भने, “हिमाललाई समेटेर पदमार्ग सञ्चालन गर्ने, होटल तथा लज खोल्ने र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याएर धेरै आम्दानी गर्न सकिन्छ ।”
धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले सरकारी निकायले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँछन् । यहाँ भित्र्ने पर्यटकले तिर्ने शुल्कको रोयल्टीबाट संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालनसँग विकास निर्माणमा महत्वपूर्ण हुने बताए । जिल्ला प्रहरी कार्यालयले म्याग्दीका विभिन्न नाकाहरूमा संकलन गरेको तथ्यांकअनुसार गत आव ०७३७४ मा ७० हजारजना बाह्य पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरूको भ्रमण गरेका छन् । तथ्यांकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको संख्या ६९ हजार ८३७ जना थियो ।
आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।
हिमालनजिकका बस्तीहरू पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा वञ्चित भएका छन् । हिमाली जिल्ला सरहको विकटता भएको ठाउँमा विशेष सुविधा नहुँदा कर्मचारी जान नमान्ने अर्को समस्या छ । “म्याग्दीको करिब आधा भू–भाग नै हिमाली क्षेत्रमा पर्ने हुँदा हिमाली जिल्लामा सूचिकृत गराउन पहल गरिएको हो,” प्रमुख केसीले भने “हिमाली भूगोल भएको म्याग्दी पहाडी जिल्लामा पारिएका कारण बजेट विनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर परेको छ ।”

प्रेमिल पुनहिल
अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित घोडेपानी ‘पुनहिल’ क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ ।

वसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका गुराँसे जंगललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ । नेपालमा पाइने ३२ प्रजातिका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
गुराँसको जंगललाई संरक्षण गरी प्राकृतिक बगंैचा बनाई पर्यटक भित्र्याउन सरोकारवालासँग परामर्श र छलफल सुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानीदेखि एक घण्टाको पैदल दूरीमा उकालो हिँडे पनि पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो ।
पर्यटक आउने क्रमसँगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडोलाई पुनहिल नामकरण गरेका थिए । पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि घोडेपानीमा २३ वटा सुविधासम्पन्न होटल सञ्चालनमा रहेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताए । उपाध्यक्ष पुनका अनुसार घोडेपानीका होटलमा सहरी क्षेत्रमा जस्तै विभिन्न खानाका परिकार, तातो पानी, सुविधायुक्त कोठा, इन्टरनेटलगायतका सुविधा रहेका छन् । पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका काठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो ।
घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा विदेशी भित्र्ने गरेका छन् । पछिल्लो समय पदयात्रामा आउने नेपालीको संख्या पनि बढ्दै गएको छ ।
घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि चन्दा र श्रमदान जुटाएर एक करोड रुपैयाँभन्दा बढीको लगानीमा पदमार्ग, प्रवेशद्वारा, सार्वजनिक शौचालय निर्माण गरेको उपसमितिका सचिव रनबहादुर पुनले बताए । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।
यसैगरी कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । वन डढेलो र सडक विस्तारसँगै गुराँसे जंगल मासिनु, सडकका कारण पदमार्ग विस्थापित हुन घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि मुख्य चुनौतीको रूपमा देखिएको छ ।
गुराँसको बगैचा बनाउने योजना रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए ।
गाउँपालिकाले सबैसँगै समन्वय र सरकार्य गरेर घोडेपानी क्षेत्रको जंगललाई राष्ट्रिय फूल लालीगुराँसको बगैंचाको रूपमा स्थापना गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिन्छ । यसबाट गाउँपालिका, स्थानीयवासी, प्रदेश र संघीय सरकारलाई धेरै सहयोग पुग्छ । उता नयाँ वर्षमा म्याग्दी भ्रमणको निम्तो बाँड्दैछन् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य ।

पुनहिल
अन्नपूर्ण गाउँपालीका ६ मा अवस्थित घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ ।
समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथी लगायतका हिमशृङखला अवलोकन गर्न सकिन्छ । शहरी कोलाहल र प्रदुषित वातावरणदेखि टाढा रहेको पुनहिल पुग्दा उमंगको अनुभव हुने पोखराकी लिला पुन बताउँछिन् ।
वसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका गुराँसे जंगललाई पृष्ठभुमिमा पारेर तस्विर खिच्ने आन्तरीक तथा बाह्य पर्यटकको घुईचोनै लाग्ने गर्छ । नेपालमा पाईने ३२ प्रजातीका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी लगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
गुराँसको जंगललाई संरक्षण गरी प्राकृतिक बगैचा बनाई पर्यटक भित्र्याउन सरोकारवालाहरूसंग परामर्श र छलफल सुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानीदेखि एक घण्टाको पैदल दुरीमा उकालो हिँडेपनि पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो ।
पर्यटक आउने क्रमसंगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडोलाई पुनहिल नामाकरण गरेका थिए । पुनहिल भ्रमणमा आउने पर्यटकको सुबिधाका लागि घोडेपानीमा २३ वटा सुबिधासम्पन्न होटल सञ्चालनमा रहेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष शुशिल पुनले बताए ।
उपाध्यक्ष पुनका अनुसार घोडेपानीका होटलमा सहरी क्षेत्रमा जस्तै विभिन्न खानाका परिकार, तातो पानी, सुबिधायुक्त कोठा, ईन्टरनेट लगायतका सुबिधा रहेका छन् । पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका काठाबाटै हिमाल देख्न पाउनु अर्को बिशेषता हो ।
घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र बैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा बिदेशी भित्र्ने गरेका छन् । पछिल्लो समय पदयात्रामा आउने नेपालीहरूको संख्या पनि बढ्दै गएको छ ।
घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि चन्दा र श्रमदान जुटाएर एक करोड रुपैया भन्दा बढीको लगानीमा पदमार्ग, प्रवेशद्धारा, सार्वजनीक शौचालय निर्माण गरेको उपसमितिका सचिव रनबहादुर पुनले बताए । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।
यसैगरी कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । वन डढेलो र सडक विस्तारसंगै गुराँसे जंगल मासिनु, सडकका कारण पदमार्ग विस्थापीत हुन घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि मुख्य चुनौतीको रुपमा देखिएको छ । घोडेपानी, पुनहिल लगायत पुराना पर्यटकीय स्थलको प्रर्वद्धन र नयाँ गन्तब्यमा पर्यटक आगमन बढाउन म्याग्दी उद्योग वाणिज्य संघले वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

गुराँसको बगैंचा बनाउने योजना छ
डमबहादुर पुन
अध्यक्ष, अन्नपूर्ण गाउँपालिका
नेपालको राष्ट्रिय फूल लालीगुराँस अन्नपूर्ण गाउँपालीकाको घोडेपानी क्षेत्रको चिनारी हो । शिख, घार, हिस्तान, राम्चे र कास्कीको दाङसीङ र घान्द्रुक क्षेत्रमा फैलीएको यो क्षेत्र नेपालकै ठूलो लालीगुराँसको जंगलको रुपमा परिचीत छ । अन्नपूर्ण गाउँपालीकाको चिनारी घोडेपानी क्षेत्रको गुराँसे जंगल हो । नेपालमा पाईने ३२ मध्य यहाँको जंगलमा ८ प्रजातीका गुराँस पाईन्छ । गुराँसको जंगल, हिमाल, सुर्योदय अवलोकन र मनोरम प्राकृतिक वातावरणमा रमाउन यहाँ स्वदेशी, बिदेशी पर्यटक आउँछन् ।
लालीगुराँसको संरक्षण र यसबाट पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने मेरो सरोकार तथा चिन्ताको विषय हो । सडक निर्माण गर्दा गुराँसको जंगललाई बचाउने प्रयास गरिएको छ । वन डडेलो नियन्त्रणमा समुदायको साथ र सहयोग आवश्यक छ । मेरो कार्यकालमा घोडेपानी क्षेत्रको गुराँसको जंगललाई राष्ट्रिय गार्डेन (गुराँस बगैचा) बनाएर पर्यटक घुमाउने र डलर भित्र्याउने सोचेको छु । गुराँसको रुखहरूका साथै यहाँ बसोबास गर्ने वन्यजन्तु र पंक्षिहरूलाई संरक्षण गर्ने स्थानीयबासी, पर्यटनसंग सम्बन्धित संघ संस्था, पर्यटन वोर्ड, पर्यटन ब्यवसायी, प्रदेश र संघीय सरकारसंग सहयोगको अपेक्षा राखेको छु ।
गाउँपालिकाले सबैसंगै समन्वय र सरकार्य गरेर घोडेपानी क्षेत्रको जंगललाई राष्ट्रिय फुल लालीगुराँसको बगैचाको रुपमा स्थापना गरेर स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउन सकिन्छ । यसबाट गाउँपालीका, स्थानीयबासी, प्रदेश र संघीय सरकारलाई धेरै सहयोग पुग्छ ।

म्याग्दी भ्रमणको निम्तो छ
उत्तम कर्माचार्य
अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर बैशाख १ गतेकै दिनदेखि म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रर्वद्धन र आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य रहेको छ । म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् ।
तिनको मार्केटीङ गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण बर्ष मनाउन लागिएको हो । पोखरामा आउने र मुस्ताङ भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुम्ने बनाउन विभिन्न प्रर्वद्धनात्मक गतिबिधि गरीनेछ । म्याग्दीमा धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छी लगायत थुप्रै घुम्न लायक पर्यटकीय स्थल रहेका छन् । आन्तरीक तथा बाह्य पर्यटकहरूलाई म्याग्दी भ्रमणको निम्तो दिदै म्याग्दीबासी पर्यटकको स्वागतमा आतुर भएको अवगत गराउँछु ।
-सन्तोष गौतम