कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७
397

हिमालपारीको जिल्ला मनाङका माथिल्लो मनाङमा स्थानिय सस्कृतिमा आधारित यारतुङ अर्थात घोडा कुदाउने पर्व रौनकका साथ सम्पन्न भएको छ । जिल्लाको माथिल्लो क्षेत्र ङिस्याङ गाउँपालिका अन्तर्गत माथिल्लो मनाङमा चार दिनसम्म रौनकका साथ स्थानियले यारतुङ मनाएका हुन् । मनाङमा बर्खायाममा बाली लगाइसकेपछि बर्सेनि घोडा दौडाएर विशेष  रुपमा परम्परागत यारतुङ पर्व मनाउने चलन छ । साविकको वर्षजस्तै मनाङको ङिस्याङ–४, माथिल्लो मनाङमा शुक्रबार देखि सोमबारसम्म स्थानियले यारतुङ मनाएका हुन् । यारतुङ पर्वमा गाउ“का युवा तथा बृद्ध अधिकाँशले घोडा कुदाउनुका साथै सँस्कारमा आधारित नाचगान गरी दिनरात कटाउने गर्दछन् ।
माथिल्लो मनाङपछि खाङसार, पिसाङ, हुम्डे, ङाँवल लगायत मनाङका विभिन्न गाउँहरुमा छुट्टाछुट्टै समयमा यारतुङ पर्व मनाउने चलन छ । यारतुङमा विदेश लगायत स्वदेशका पनि विभिन्न ठाउँबाट आफ्ना आफन्तहरुलाई निमन्त्रण गरी उत्साहका साथ मनाउने गर्दछन् ।

पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यारतुङ मनाउने पनि गरेका छन् । तर यस वर्ष कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै यारतुङ हेर्ने पर्यटकहरु नभएको मनाङबासीले जनाएका छन् । पर्वमा स्थानीय संस्कृतिस“गै राष्ट्रिय तथा स्थानीय कलाकारले भव्य सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।
पछिल्लो समय मनाङमा यातायात पुगेपछि घोडा पाल्ने चलन हराउँदै गएको छ । घोडा अभावकै कारण यारतुङ पनि संकटमा परेको हो । यातायात पुगेर घोडा पाल्न छोडेपछि मनाङको साँस्कृतिक पर्व यारतुङ पनि संकटमा पर्दै गएको स्थानिय अग्रजहरु बताउछन् । यद्यपी परम्परादेखि मनाउदै आएको साँस्कृतिलाई लोप हुन नदिन मनाङका केहि गाउँमा भने बिभिन्न गाउँबाट घोडा जम्मा गरेर पनि पर्व मनाउँदै आएका छन् ।
यारतुङमा मनाङवासी आफ्नो भेषभूषामा सजिएर बाजागाजाका साथ घोडा चढेर गाउँ परिक्रमा गर्छन् । परम्परागत गित र नृत्यका साथ एकहप्ता सम्म यारतुङ मनाइन्छ । कतिपय गाउँहरुमा घोडा दौड प्रतियोगिता नै हुने गर्दछ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको यारतुङ पर्व मनाउँदा यहाँका स्थानियमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने किंवदन्ती छ ।