कारोबार संवाददाता
बिहिवार, जेठ १, २०७७
509

मुगु- कोरोनाको महामारी फैलने डरले सरकारले लगाएको लकडाउनका कारण आन्तरिक पर्यटक नआउँदा कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्र सुनसान रहेका छन् ।
कर्णाली प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका पर्यटन क्षेत्रमा सर्वसाधारणको आवागमन नहुँदा सुनसान भएका हुन् ।

कर्णाली प्रदेशमा रहेका भुलभुले ताल, काँक्रे विहार, दुल्लु दरवार, श्रीथान, तीन छहरे झरना, लक्ष्मीपुर शक्तिपिठ, मोलखा शिव गुफा, खैरावाड मन्दिर कुपिण्डे ताल, कालिकोटका पतला झरना, जुम्लाको चन्दनाथ भैरवनाथ, हिमा, तिला नदी, तातोपानी कनका सुन्दरी मन्दिरलगायतका क्षत्रेमा पर्यटकहरु नआउदा सुनसान बनेका छन् ।
पर्यटकको आवागमन नहुँदा स्थानीयस्तरमा सञ्चालनमा रहेका होटल तथा लजहरु पनि बन्द भएका छन् । यसअघि दैनिक रुपमा एक सय जनाको हाराहारीमा पर्यटकहरु हवाई तथा स्थल मार्गबाट रारा ताल घुम्न आउने गरेका थिए । सरकारले लकडाउन गरेपछि आजभोली व्यवसाय नै बन्द गर्नुपरेको डाँफे होटल सञ्चालक पूर्णदेवी बमले बताइन् ।

 


सातामा धेरै पढिएको