कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
359

धनकुटा-कोरोना भाइरसको जोखिममा पर्ने सक्ने खतरा भएको भन्दै उद्योग वाणिज्य संघ धनकुटाले डिउटीमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।
धनकुटा उद्योग वाणिज्य संघले धनकुटाको पर्यटकीय क्षेत्र भेडेटार, मूलघाटलगायतका क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको हो । कोरोना भाइरस (कोभिड–१९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि धनकुटा उद्योग वाणिज्य संघले जनचेतना अभिवृद्धिसँगै बजार अनुगमन र माक्स तथा सेनिटाइजर वितरणलाई तीव्र बनाएको उद्योग वाणिज्य संघ धनकुटाका सचिव श्रीराम रायामाझीले बताए ।

सरकारले लगाएको लकडाउन गरेको सममयमा उपभोक्ताहरूलाई दैनिक उपभोग्य सामग्रीहरू बिक्री वितरण गर्ने र अभाव हुन नदिनका लागि सुरक्षित ढंगले समान बिक्री वितरण गर्न समेत व्यापारीहरूलाई आग्रह गरिएको रायाले बताए । डिउटीमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र दैनिक उभोग्य सामग्रीहरू बिक्री वितरण गर्ने व्यापारी तथा व्यावसायीहरू जोखिममा पर्ने भएकाले मास्क र सेनिटाइजर वितरण गरिएको र धनकुटाबजार, हिलेबजार, सिधुवा बजार, पाख्रिवास बजारलगायत धनकुटाका दुर्गम क्षेत्रका बजारहरूमा कोरोना भाइरसबाट बच्ने उपायका बारेमा जनचेता अभिवृद्धि गर्दै मास्क र सेनिटाइजर अब वितरण गर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
धनकुटाका पत्रकारलाई सुरक्षात्मक सामग्री वितरण
धनकुटा १७ चैत(कास)ः कोरोना भाइरसको जोखिममा पर्ने सक्ने खतरा भएको भन्दै धनकुटा उद्योग वाणिज्य संघले धनकुटाका सञ्चारकर्मीहरुलाई कोरोना भाइसरको संक्रमणबाट जोगिन मास्क, डिटोल साबुन र सेनिटाइजर वितरण गरेको छ ।
धनकुटा उद्योग वाणिज्य संघ समाचार संकलनमा खटिने पत्रकारहरुलाई जोखिम हुने भन्दै भाइरसको सुरक्षाका लागि उतm सामग्रीहरु वितरण गरेको उद्योग वाणिज्य संघ धनकुटाकी वरिष्ठ उपाध्यक्ष तारा तितुङले बताइन् । वितरण कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले सञ्चार क्षेत्रलाई उद्योग वाणिज्य संघले गरेको सहयोग स्वागत योग्य भएको बताए । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणको नागरिकलाई सूचना प्रवाह गर्ने पत्रकारलाई सुरक्षित राख्नु र सुरक्षित हुनु आवश्यक रहेको बताए ।