कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
577

जुम्ला- यहाँस्थित विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा आइतबारदेखि हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला बाहिरबाट आउने सबै यात्रुले अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । उनले जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मघाटमा पनि हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार कोरोना भाइरसबाट जोगिन जिल्लामा उच्च सर्तकता अपनाइएको छ ।