कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
339

नेपाल चेम्बर अफकमर्स र टर्किस एयरलाइन्स बीचआपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्किस एयरलाइन्सबीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्य क्षेत्रको सराहना भएको छ । यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्किस एयरलाइन्सबीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आबद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको छ । टर्किस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमिक्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
तर, यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडसेयर उडानमा लागू हुने छैन । यस समझदारी पत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ । यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्किस एयरलाइन्सबीच बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्किसबीच आर्थिक तथापर्यटन प्रवद्र्धनका लागि कोसेढुंगाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्किस चेम्बर अफ कमर्सबीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।