कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
420

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप आज (आइतबार) बाट सुरु हुँदै छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु-याउने र पाइलटको आन्तरिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ वल्र्डकप प्याराग्लाइडिङ गर्न लागिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ वल्र्डकप एसियन टुर–२०२० र नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप गर्न लागिएको गर्न संस्थामा अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, “प्रतियोगिताले नेपालमा पर्यटन विकासमा टेवा पुग्ने र नेपालको प्रचार–प्रसार हुने हुँदा प्याराग्लाडिङको १९ औं संस्करण गर्न लागिएको बताए ।”
प्रतियोगितामा २५ भन्दा बढी राष्ट्रको १ सय २५ प्रतियोगी सहभागी हुने कार्यक्रम तय भए पनि चीनमा फैलिएको कोरोना भाइरसले केही प्रभावित भएको अध्यक्ष भण्डारीले बताए । चीनबाट १२ प्रतियोगी आउने तय भएको थियो । हाल १ सय ग्लाइडर प्रतियोगीको प्रतियोगिताका सहभागी जनाउने कार्यतालिका छ ।

करिब ८० लाख रुपैयाँ लागन अनुमान गरिएको प्रतियोगिता हरेक वर्ष पोखरामा हुँदै आएको छ । संस्थालाई प्रतियोगिता सफल बनाउने नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालयले सहयोग र सहकार्य गरेका छन् ।
क्रसकन्ट्री कम्पिडिसन सारङकोटबाट सुरु हुनेछ, निर्णायकमण्डले प्रतियोगिता हुने दिनको मौसमको अवस्था हेरेर कति किलोमिटर उडान गर्ने भन्ने तय गर्ने संस्थाका पूर्वअध्यक्ष तथा आयोजक प्रतियोगिताका संयोजक योगेश भट्टराईले बताए ।
प्वाइट बेसिसमा प्रतियोगी मध्यबाट विजय घोषणा गरिने छ भने अलराउन्ड, महिला, नेपाल च्याम्पियन र एसियन गरी ४ विधामा प्रतियोगी छनोट हुने छन् । छनोट भएका प्रतियोगीले वल्र्डकप प्याराग्लाडिङ सुपर फाइनलमा सहभागी हुने बाटो खुल्नेछ । हरेक २ वर्षमा सुपर फाइनल हुँदै आएको छ भने फाइनल फ्रान्समा हुँदै छ । सहभागी हुनेलाई १ सय ५० युरो तोकिएको छ । प्रतियोगितामा १२ नेपालीको सहभागिता छ भने ७ दिन सञ्चालन हुनेछ ।