कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
658

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरले गोसाइकुन्ड दर्शन गर्न यात्रुका लागि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले फागुन ६ देखि ९ गतेसम्म यात्रा गर्न चाहने यात्रुका लागि प्याकेज अफरमा सेवा प्रदान गर्न लागेको जनाएको छ ।
प्याकेज अफरमा १९ हजार ९ सय ९९ रुपैयाँमा काठामाडौंबाट सिम्रिक एयरको हेलिकोप्टरले गोसाइकुन्ड दर्शन गराएर काठमाडौं ल्याउनेछ । ६ फागुनदेखि सिम्रिक एयरको हेलिकप्टरमार्फत गोसाइकुन्ड यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।