कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६
576

भारतको हवाई सेवा प्रदायक कम्पनी भिस्तारा एयरलाइन्सले नयाँ दिल्ली–काठमाडौं उडान सुरु गरेको छ । योसँगै काठमाडौं उडान भर्ने विदेशी एयरलाइन्स कम्पनी एक थपिएको छ ।
भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा उडान भर्दै आएको भिस्ताराले ५ औं अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा व्यावसायिक रूपमा काठमाडौं उडान सुरु गरेको हो ।
प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले, “नेपाल जाने र नेपालबाट आउने यात्रुहरूले विश्वस्तरीय सेवा र अनुपम सेवा प्रदान गर्नतर्फ बचनबद्धता व्यक्त गरेको भारतको एक मात्र पाँचतारे हवाई सेवाको अनुभव गर्न सक्ने,” बताए । उने भने, “हामी तीन श्रेणीमा व्यवस्थापनसहितको हवाई सेवामा प्रयोग गर्ने छौं र भारत–नेपालबीच यात्रा गर्ने यात्रुहरूका लागि बिजनेस, प्रेमियम इकोनोमी र इकोनोमी गरी ३ वर्गका सिटका टिकट बिक्री गर्नेछ ।”
भिस्ताराको नयाँ गन्तव्य उडानले बेन्गालुरु, चेन्नई, हैदरावाद, मुम्बई र पुनेसहित भारतका अन्य सहरबाट जान आउन यात्रुलाई सहज हुने एयरलाइन्सले विश्वास लिएको छ ।
यस हवाई सेवाले सन् २०१९ को अगस्ट महिनामा सिंगापुर उडान भरी आफ्नो अन्तर्राष्ट्रिय उडानको उद्घाटन गरी सोपश्चात् दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो । भिस्तारले तीव्र गतिमा भारत तथा विदेशमा वृद्धि भइरहेको र सन् २०२३ सम्ममा न्यारोबडी र वाइडबडी गरी ४० वटा हवाइजहाज थप गर्दैछ ।
नयाँ हवाइजहाजले भिस्तारालाई भारतभित्र वृद्धि हुनुको साथै मध्यम तथा लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न मद्दत गर्छ । सन् २०१५ मा भारतमा आन्तरिक उडान सुरु गरेको एयरलाइन्ससँग हाल ३९ विमान छन । नयाँदिल्ली–काठमाडौं रुटमा दैनिक एक उडान गरिरहेको एयरलाइन्सले मागका आधारमा उडान तालिका थप गरेर उडान गर्ने कम्पनीको योजना रहेको नेपालस्थित भिस्तारका जनरल सेल्स् एजेन्ट निरज रिमालले बताए । रिमालले भने, “पहिलो उडान नै ९५ प्रतिशत अकुपेन्सी भएकाले एयलाइन्स दिल्ली–काठमाडौं उडानबाट सेवा प्रवाह गर्न उत्साहित भएको बताए ।”एयरलाइन्सले राउन्ड ट्रप नेपाली यात्रुका लागि (दिल्ली–काठमाडौं–दिल्ली) इकोनोमी क्लासको भाडा १५ हजार ८ सय ५० र बिजनेस कलासको यात्रुका लागि ६१ हजार रुपैयाँ कायम गरिएको रिमालले बताए ।

यस हवाई सेवाले आन्तरिक र वाह्य गरी ३४ गन्तव्यमा उडान भरिसेको छ भने ३२ एयरवस ए३२० र ७ वोइङ ७३७–८०० एन जी विमानबाट प्रत्येक दिनमा २ सयभन्दा धेरै उडान गर्छ, र सन् २०१५ मा सेवा सुरु गरेपश्चात् करिब २० लाख सेवाग्राहीहरूलाई उडान भराएको थियो । सन् २०२३ सम्ममा न्यारोबडी र वाइडबडी गरी ४० वटा विमान थप गर्दैछ ।