हरिश चन्द
बिहिवार, फाल्गुन १, २०७६
439

डडेल्धुरा-डोटी विमानस्थल कालोपत्रे गर्ने सम्पन्न भएको छ । निर्धारित समयभन्दा झन्डै एक वर्षपछि निर्माण सम्पन्न हुन लागेको डोटी विमान स्थल कालोपत्रे गर्ने काम अहिले आएर सम्पन्न हुन लागेको हो । विमान स्थलको पार्किङ स्थल, रनवेबाहेक विमान स्थल भरानगर्ने काम भई सकेको छ भने नाली निर्माण र तारवार लगाउने काम पनि सम्पन्न गरिसकेको छ ।
फागुन महिनासम्म कालोपत्रे गर्ने काम सम्पन्न हुने निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले बताएको छ । करिब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको डोटी विमान स्थल २०७५ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्षपछि ढिलो गरी निर्माण हुन थालेको हो ।

नेपाल उड्डयन प्राधिकरणको ६ करोड रुपैयाँ लागतमा सपनागाल्भा जेवीनिर्माण कम्पनीले विमानस्थल कालोपत्रे गर्ने जिम्मेवारी पाएको हो । ४ सय ९५ मिटर लम्बाइ र २० मिटर चौडाइ रनवे कालोपत्रे गरेको जनाएको छ ।
विमानस्थल कालोपत्रे भएसँगै स्थानीयबासिन्दा खुसी भएका छन् । बिरामी उपचारदेखि काठमाडांै र देशका अन्य भू–भागसम्म हवाई मार्गबाट सहजै रूपमा आवत–जावत गर्न सकिने भन्दै स्थानीयबासिन्दा खुसी भएका छन् । वर्षौंदेखिको विमान सञ्चालन हुने सपानअव पूरा हुन्छ कि भन्ने आशा पलाएको स्थानीय वलवीर सिंह नेगीले बताए । घर आँगनमै विमान स्थल हुँदासम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको बताउँदै नेगीले अहिले निर्माण व्यवसायीले द्रुतगतिमा काम गरिरहेकाले विमानस्थल कालोपत्रे भइसकेपछि आफूहरू पनि विस्वश्त रहेका छौं ।