सुब्बा कार्की
बुधवार, माघ १५, २०७६
562

रौतहट- प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले नजरपुर गाउँ प्रदेशमा नै नमुना गाउँ बन्ने बताएका छन् । चन्द्रपुरको नजरपुर जस्तै देशको हरेक पालिकाहरूमा गाउँ हुनुपर्नेमा बताए । उनले प्रदेश सरकारले भ्रमण वर्ष–२०२० को रौतहट जिल्लाको पर्यटन विकास र सम्भावना विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले अव प्रदेश सरकारले भ्रमण वर्षलाई सफल बनाउनका लागि रौतहटको गन्तव्यहरूलाई प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
विशिष्ठ अतिथि प्रदेशसभा सदस्य धनलाल ठोकरले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरू अगाडि सारेको बताए । कार्यशाला गोष्ठीमा रौतहटका विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा भ्रमण वर्ष–२०२० को जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

स्वागत मन्तव्य नेपाल भ्रमण वर्ष–२०२० जिल्ला समन्वय समिति रौतहट सदस्य सञ्जय काकीले राखेकाथिए । अवसारमा रौतहटका सञ्चारकर्मीहरूलाई ज्याकेट वितरण गरिएको छ । कार्यक्रम निजानन्दधाम नजरपुरबारे निजानन्दधाम नजरपुर का अध्यक्ष दाताप्रसाद दाहालले जानकारी दिए । कार्यशालाको औचित्यमाथि नेपाल भ्रमण वर्ष–२०२० जिल्ला समन्वय समिति रौतहट संयोजक उदय नारायण सापकोटाले अवधारण पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य धनलाल ठोकर, जिल्ला समन्वय समिति सभापति रामएकवाल राय यादव, चन्द्रपुर नगरपालीकाका मेयर रामचन्द्र चौधरी, माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र यादव, मौलापुर नपाका मेयर रिनाकुमारी देवी, गरुडा नपाका उपमेयर रंगिलादेवी जयसवाल, गढीमाई नपा उपमेयर सुभद्रा गुप्तालगायत जिल्लाका सम्पूर्ण स्थानीय तहका पदाधिकारी एवं सञ्चरकर्मीहरूको उपस्थिति थियो ।