कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
431

रुपन्देही- लुम्बिनी विकास कोषको सदस्यसचिवमा ज्ञानिन राई नियुक्त भएका छन् । लामो समयदेखि रिक्त रहेको उक्त पदमा हाल कोषकै योजना प्रमुख सरोज भट्टराईले निमित्त सदस्यसचिवका रुपमा कार्य गर्दै आएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका वरिष्ठ कर्मचारीलाई हाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेसँगै राई नियुक्त भएका हुन् । राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख हुन् । विकास कोषको बोर्ड बैठकले सिफारिस गरेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।