कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
461

नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश ७ र ३७ नीजि पर्यटन व्यवसायी कम्पनीहरूको साथमा यही जनवरी ८ देखि १० सम्म भारतको विशाल नोइडामा आयोजित साट्टे पर्यटन मेलामासहभागि जनाएको छ ।
भारतीय पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्नेछ । सन् २०२० मा २० लाख पर्यटक भिœयाउन साट्टे पर्यटन मेलाको सहभागिताले सहयोग पुग्नेछ ।

पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ३७ कम्पनीहरूको सहभागिता हुनु आफैंमा ठूलो उपलब्धिका रूपमा छ । नेपालको फरक परम्परा सांस्कृतिक संम्पदा नेपाली पहिचान नेपाली पर्यटन गन्तव्यका बारेमा मेलामा आउनेहरूलाई जानकारी प्रदान गरिएको थियो ।
नेपालको महत्वपूर्ण पर्यटन बजारका रूपमा रहेको छिमेकी मुलुक भारतमा आयोजना हुने सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा रहेको साट्टेमा १०५० स्टलहरू ५० भन्दा बढी मुलुकबाट सहभागी थिए ।