कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६
446

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा रहेको सागुरीगढीबाट धारापानी, हुक्कावास हुँदै  फेदीसम्म शनिबार पदयात्रा गरिएको छ । ‘एकीकरण पद मार्गको संरक्षण, समृद्ध धनकुटाका लागि पर्यटन’ भन्ने उद्देश्यले पृथ्वी जयन्ती र पर्यटन वर्ष–२०२० लाई लक्षित गरी नेपाली सेनाको बरख गण सल्लेरी धनकुटाको आयोजनामा पदयात्रा गरिुएको हो । पदयात्राको सुरुवात गर्दै नेपाली सेनाको नम्बर २ बाहिनी अड्डा हिलेका बाहिनी पति सहाक रथी यमप्रसाद ढकालले ऐतिहासीक सम्पदाहरूलाई बचाउन सके हाम्रो परम्परा र संस्कृती पनि जिवित रहने बताउँदै पद यात्राले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पूग्ने धारण राखेका थिए ।
पदयात्रामा जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पर्यटन व्यवसायी पत्रकारसहितको करिब ३ सयभन्दा बढीको संख्यामा रहेको थियो ।